कुमोद अधिकारी विराटनगर
२६ पुस,
मोरङको कटहरी गाउपालिकाको दोश्रो गाउसभाको छैठौं अधिवेशन आज सम्पन भएको छ । सो पालिकामा आयोजित अधिवेशनले कार्यपालिकाको विभिन्न समयमा वसेको वैठकवाट पारित निर्णयहरु अनुमोदन गरेको छ ।
वैठकले कटहरी गाउपालिकामा भइरहेका विकास निमार्ण,राजश्व तथा कर संकलन, अतिरिक्त समयमा खटेका कर्मचारीहरुको खाजा तथा खाना खर्च,स्वास्थ्य विमा कार्यक्रम संचालन कार्यविधिको पहिलो संशोधन स्वइकृत, प्रधानमन्त्री रोजगार कार्यक्रको योजना स्वकृत, पालिकाको जनप्रतिनिधिलाई चडपर्व खर्च, सो पालिकाको सातैवटै वर्डामा तिज, तिहार, जितिया, दशै तथा छठपर्वका लागि एक, एकलाख रुपैयाका दरले आर्थिक सहायता, सो पालिकाका फलफुल तथा तरकारी वजारमा आयोजना भएको कृषि एक्स्पो नेपाल उधोग वाणिज्य महासंघ कोशी प्रदेसलाई पाच लाख आर्थिक सहयोग प्रदानगर्ने निर्णय गरेको छ ।
त्यसैगरि पालिकामा कार्यरत कर्मचारीहरुको तह–वृद्धि गाउपालिकाको लागि आवश्यक चारचक्के सवारी साधन खरिद गर्ने, पालिकामा नगर प्रहरीको व्यवस्था, पालिकाको निति तथा कार्यक्रम वमोजिम स्वयंसेवक सिक्षक व्यवस्थापन, व्यवसाय सम्वन्धि कर सम्वन्धि कार्यविधि,हाटवजारहरुको न्युनतम कर निर्धारण गर्ने जस्ता विषयमा सो अधिवेशनले निर्णय गरेको छ । यसैगरि अधिवेशनले चालु आर्थिकवर्षको वार्षिक योजनामा समावेश भएका केहि कार्यक्रम तथा योजनाहरु संशोधनगर्दै वजेट थप घट गरेको छ भने केहि योजनाहरु हटाउदै नया योजना तथा कार्यक्रम समेत स्वइकृत गर्ने निर्णय गरेको छ ।

गाउसभाको छैठौ अधिवेशनको उद्घाटन गर्नुहुदै पालिकाका अध्यक्ष देवराज चौधरीले पालिकाले आवश्यकता अनुसार विभिन्न विषयलाई अनुमोदन गरेको र पालिकाको योजनाहरुलाई थप प्रभावकारी वनाउन वजेट थपघट गरेको वताउनुभयो ।
कटहरी गाउपालिकाले सिक्षा, स्वास्थ्य, कृषि , खानेपानी तथा विकास निमार्ण जस्ता योजना तथा कार्यक्रमलाई महत्व दिएको उहाले वताउनुभयो ।
अध्यक्ष चौधरीले पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा आफुहरुले जनताको चाहना वमोजिम विकास निमार्णको कामलाई अघि वढाएकाले लामो समयदेखी अधुरा र अपुरो भई वसेको पुर्वाधारको कामले अहिले गति लिएको वताउनुभयो ।
विराटनगर–रंगेली सडक अन्तर्गत आफनो पालिकाको क्षेत्रमा निमार्णमा ढिलाई भइरहेको हुलाकी सडकको निमार्ण कार्यलाई तिव्रता दिन सम्वन्धित निकायलाई पहल गरिरहेको उहाको भनाई थियो ।