प्रस्तावित विद्यालय शिक्षा ऐन–२०८० माथी सुझाव संकलन

कुमोद अधिकारी विराटनगर
१३ पुष,
प्रस्तावित विद्यालय शिक्षा ऐन–२०८० माथी सुझाव संकलन गर्ने उदेश्यले विराटनगरमा शनिवार एक कार्यक्रमको आयोजना गरिएको छ । संसदमा दर्ता भएको ऐनलाई थप प्रभावकारी वनाउन सुझाव संकलनका लागि छलफल आयोजना गरिएको हो ।
सिक्षा स्वास्थ्य तथा सुचना संसदिय उप–समितिको आयोजनामा भएको कार्यक्रमा सहभागीहरुले ऐनलाई प्रभावकारी वनाउन विभिन्न सुझाव दिनु भएको थियो ।
सहभागीहरुले सिप मुलक तथा प्राविधिक सिक्षामा जोड, संघियताको मर्म अनुसार विद्यालयका सिक्षक व्यवस्थापन प्रदेसवाट हुने व्यवस्था गर्नुपर्ने, अव वन्ने सिक्षा एैनमा निशुल्क सिक्षाको व्यवस्था, सिक्षा क्षेत्रमा सरकारले छुट्याएको वजेटमा थप वृद्धि गर्दे सिक्षाक्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने जस्ता सुझाव दिनु भएको थियो ।
कार्यक्रममा नेपाल सिक्षक संघ कोशी प्रदेसका अध्यक्ष नेत्रप्रसाद चौलागाई, विद्यालय व्यवस्थापन समिति महासंघका सचिव काशिनाथ ढुंगाना, दमक नगरपालिकाका उप–प्रमुख रेजिना भट्राइ लगायतले अव वन्ने सिक्षा ऐन थप प्रभावकारी हुनुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा सुझाव संकलन टोलीका सदस्य एंव संघिय सांसद डिकवहादुर लिम्वु, कालुराम राई,ज्ञानु वस्नेत सुवेदी,तथा समितिका सभापती अमरवहादुर थापाले ऐनमा सवैको भावना संवोधन होस भन्ने उदेश्यले प्रदेस प्रदेसमा गएर समितिले सुझाव संकलन गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रमा सिक्षा विज्ञ डा भेषप्रसाद धमला,डा भिष्म अधिकारी तथा डा विष्णुवहादुर कार्कीले ऐनका विषयमा विभिन्न सुझाव दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *