कुमोद अधिकारी विराटनगर
८ मङसिर,
स्पष्ट कानुन नहुदा क्रितिम गर्भाधारण सम्वन्धि सेवा प्रभावकारी हुन सकेको छैन । नेपाल सरकारले क्रितिम गर्भाधारण सम्वन्धि सेवा सवै प्रादेसिक अस्पतालमा पु¥याउने लक्ष्य लिएपनि सो कार्यान्वयन हुन सकेको छैन । गत आर्थिक वर्षको वजेट भाषणमा हरेक प्रादेसिक अस्पतालमा यो सेवा पुऽयाउने घोषणा गरेपनि सो काम अघि वढ्न सकेको छैन ।
महिला पुर्नस्थापना केन्द्र ओरेकले विराटनगरमा आज आयोजना गरेको पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा निसन्तान र वाझोपनको उपचार अस्पतालवाट हुन्छ भन्ने कुरा अधिकान्स महिलालाई थाहा नभएको जानकारी गराइयो ।
अरेक नेपाल विराटनगर कार्यालय प्रमुख सरस्वती दनुवारले मोरङ जिल्लाका २४ निजि र २४ वटा सरकारी अस्पताहरु सेवालिन आएकाहरु संग यस विषयमा प्रश्नगर्दा ५० प्रतिशत महिलाले अस्पतालवाट पनि यो सेवा उपलव्ध हुन्छ भन्ने विषयमा आफुहरुलाई थाहा नभएको उत्तर दिएको सो अवसरमा जानकारी गराउनुभयो ।
एकातिर स्पष्ट निति नहुनु र अर्कोतिर सेवा प्रभाको विषयमा थाहानहुदा वाझोपन तथा निसन्तान महिलाहरुले समाज र परिवाट समेत अपहेलित हुने परेकाले यस विषय स्पष्ट कानुन र सवै सरकारी अस्पतालमा यो सेवा संचालनमा ल्याउनु आवश्यक देखिन्छ
गाउ गाउमा गएर अध्यान अनुसन्धान गर्दा एउटै गाउमा २० देखि २५ जना महिलो यौन प्रजनन स्वास्थ्य समस्या वाट पिडित हुने गरेको आफुले पाएको उहाले वताउनुभयो । नेपालमा यसवारे सर्वे नभएपनि विश्वको तथ्यांक र्हेदा प्रतेक ६ जना महिलामध्ये एक जना महिला वाझोपनवाट गुज्रि रहेका छन । नेपालमा पनि यो समस्याले महिलाहरु सवैभन्दा वढि पिडित हुने गरेका छन ।
विराटनगर स्थित नवेल र विराट टिचिङ अस्पतालमा यो सेवा संचालन भएपनि एउटै सुईको मुल्य ५० हजार सम्म पर्ने र कतिपय अवस्थमा एउटा सन्तान जन्माउन १५ देखि १६ लाख रुपैृय सम्म खर्च हुने गरेकाले गरिव तथा विपन्न समुदायका महिलाहरु यो सेवावाट वन्चित हुने गरेका छन ।
सरकारी अस्पतालले सेवा संचालन गर्नुपर्ने र निजि अस्पतालले यस सम्वन्धिमा लिदै आएको शुल्क घटाउनु पर्ने महिलाहरुमा गरिएका अध्यानमा सो देखिएको कार्यालय प्रमुख दनुवारले सो अवसरमा जानकारी गराउनुभयो ।
यसरी वाझोपन र निसन्ता महिलालाई उपचारको विषयमा जानकारी नहुनु र जानकारी भएपनि महगो शुल्क लाग्नुले पनि वच्चाका त्यस्ता महिलाहरुले गाउघरमा धामि झाक्रि लगाउने क्रम वढदै गएको छ । महिलाहरुको वच्चा नभएपछि तिनका आफन्त र परिवारले वच्चा हुन्छ भन्ने आशमा धामिझाक्री लगाउने गरेको पाइएको छ ।
सो अवसरमा वोल्नु हुदै कार्यक्रमका अतिथि एंव नेपाल पत्रकार महासंघका सचिव नेत्रपी अधिकारीले क्रितिम गर्भधारण सम्वन्धि सेवालाई प्रभावकारी वनाउन सरकारको स्पष्ट निति आवश्यक रहेको वताउनुभयो ।
उहाले सहज उपचार पाउने हो भने कुनैपनि महिला वाझोपन र निसन्तानको शिकार नहुने भएकाले यस विषयमा राज्य पंक्ष संगै हामी संचारकर्मी पनि गंभिर हुनुपर्ने वताउनुभयो ।
कार्यक्रममा पत्रकार व्रहमदेव यादव, वेदराज पौडेल, सुशिला पाठक, मोहन मानन्धर लगायतका पत्रकारहरुले यस विषयमा आ¥आफनो धारणा राख्नु हुदै कानुन कार्यान्वयका विषयमा सुझाव दिनु भएको थियो ।
.