कुमोद अधिकारी
मङसिर, ८
दुहवी नगरपालिका भित्रका युवा युवतीलाई व्यावसायिक ज्ञान दिने र उनीहरुलाई दक्ष बनाउने तर्फ दुहवी नगरपालिका लागी परेको छ ।
आर्थिक बर्ष २०७५ ÷०७६ देखी दुहवी नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालय र २ सस्थागत विध्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गर्दै संचालनमा ल्याइएको यो कार्यक्रमलाई विस्तार गर्दै विद्यालय अध्ययन गरि अध्ययन छोडेका विध्यार्थी तथा अन्य युवा युवतीलाई व्यावहासिक ज्ञान उपलब्ध गराउने उद्धेश्यले वृति मार्ग निर्देशन सेवा इकाईको स्थापना पालिकाले गरेको हो ।
इकाई शाखाको एक समारोहका विच दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले उद्धाटन गर्नुभयो ।
शाखाको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख गच्छदारले नेपालको परिवेशमा व्यावसायिक शिक्षा, आजको आवश्यकता भएकाले व्यावसायिक ज्ञान विना मानिस सक्षम नहुने प्रष्ट पार्नुभयो ।
नगरपालिका भित्रका युवा युवती लाई व्यावहारिक ज्ञान तथा परामर्श दिने र ज्ञान तथा सिप अनुसार उनिहरुलाई रोजगारी दिलाउने तर्फ नगरपालिकले आवश्यक पहल गर्ने उहाले वताउनुभयो ।
यो परियोजनाबाट ८ वटा विद्यालयका शिक्षकहरुले प्राप्त गर्नुभएको आफनो ज्ञानलाई युवा युवती समक्ष पुयाउने काम भएको छ , यसलाई नगरपालिकाले विर्सन सक्दैन भन्नुहुर्दै परियोजनाको समय अवधि सकिएपनी यसलाई निरन्तरता दिने उहाले उल्लेख गर्नुभयो ।
यो सरकारको सुचीमा परिसकेको छ भन्नुहुदै उहाले दुहवी नगरपालिकाको कार्य शैलीलाई सबैले अनुशरण गर्ने र यसबाट कसैले भेदभाव भएको महशुस नगर्ने वताउनुभयो ।
दुहवी नगरपालिका की उप प्रमुख मेनुका पोखरेल खतिवडा , प्रमुख प्रसाशकीय अधिकृत हिमालय वराल , इन्सोर परियोजनाका प्रमुख संजिव राई , वृृती मार्ग निर्देशन सेवा इकाई प्रमुख विकाश घिमिरे लगायतले नगरपालिका भित्र रहेका युवा युवतीलाई रोजगारीका लागि परामर्स र व्यावहारिक ज्ञान दिदैं युवा युवतीलाई आफनो खुटटामा उभिन्न सक्ने वनाउने गरि परियोजनाले काम गरिरहेको वताउनुभयो ।