जापान गएको बिषयमा विवाद भएपछि कोशीका आन्तरिक मामिलामन्त्री अधिकारी द्धारा राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ ।

बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले मुख्य मन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाउनुभएको हो ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुग्नुभएको थियो ।

उहाँ जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै गत कार्तिक १३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उ

तिहार बिदाका करण औपचारिक जानकारी गराउन नसकेको मन्त्री अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *