कुमोद अधिकारी
१ मंसिर
विराटनगर, मोरंग चेम्बर अफ कमर्सले नेपाल सरकारका उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा उपप्रधामन्त्री सिंहले, सहरी विकास र व्यापारका विविध पक्षमा सरकारको दृष्टिकोण र योजना प्रस्तुत गर्नु भएको थियो ।
सो कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, मोरंग जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, विराटनगर भन्सार कार्यालयका प्रमुख ग्यानेन्द्र ढकाल, र आन्तरिक राजस्व कार्यालयका प्रमुखको सहभागीता रहेको थियो ।
सो अवरमा वोल्नुहुदै मोरंग चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले मोरंग जिल्लाको आर्थिक, व्यापारिक, र औद्योगिक गतिविधिलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, चेम्बरका कार्यसमिति सदस्यहरू र आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा सहभागीहरूले सहरी विकास, व्यापार प्रोत्साहन, र भन्सार तथा राजस्व व्यवस्थापनका विषयमा आफ्ना धारणा राख्दै समस्या समाधानका लागि सुझाव पनि प्रस्तुत गर्नु भएको थियो ।
सहभागिहरुले उठाएका महत्वपूर्ण विषयहरूलाई सरकारले प्राथमिकतामा राख्ने उप–प्रधानमन्त्री सिंहले प्रतिबद्धता जनाउनुभयो ।
मोरंग चेम्बर अफ कमर्सको आयोजनामा सम्पन्न यो कार्यक्रमले व्यापारिक समुदाय र सरकारबीच सहकार्यका लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ ।