कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीद्धारा पुनःअनसन शुरु

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले छोडे लगतै पुनः अनसन शुरु गर्नुभएको छ । निषेधित क्षेत्रमा अनसन बसेको भन्दै सुरक्षाकर्मीहरुले बल प्रयोग गरी अनसन स्थलबाट हटाएर घर पु¥याएको केही बेर पछि निषेधित क्षेत्र बाहिर देवकोटा चोकमा अनसन सुरु गर्नुभएको हो ।
प्रदेश सभा सचिवालय अगाडी रहेको बनसखण्डी मन्दिर सामुन्ने अनसन बस्नुभएका पूर्व मुख्यमन्त्री कार्कीलाई निषेधित क्षेत्र भन्दा करिब ५० मिटर पूर्व देवकोटा चोकमा अनसन बस्न पटक–पटक गरेको आग्रह अस्विकार गरेपछि सुरक्षाकर्मीहरुले बल प्रयोग गरेर हटाएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।
अनसन स्थलबाट पूर्व मुख्यमन्त्री कार्कीलाई हटाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब २ सय सुरक्षाकर्मीहरुलाई निकै सकस परेको थियो । सो क्रममा झडप हुँदा केही नेता तथा कार्यकर्ताहरु समेत घाइते भएका छन् ।
आफुले ल्याएका योजनाहरु वर्तमान हिक्मत कुमार कार्की नेतृत्वको कोशी सरकारले कटौती गरेको भन्दै कार्कीले प्रदेश सभा भवन अगाडी मंगलवार बाट आमरण अनसन शुरु गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार दिउँसो ३ बजे देखि प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको कार्यालय, जिल्ला प्रशासन कार्यालय क्षेत्रमा विरोध प्रदर्शन र अनसन लगायतका कार्य रोक्न निषेधित क्षेत्र तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *