कुमोद अधिकारी विराटनगर
पुस, २३ आइतवार
मोरङको धनपालथान गाउपालिका वार्ड न –२ का १७ जना किसानलाई कृषि यान्किरणका लागि कृषि सामाग्री वितरण गरिएको छ ।
आज आयोजित कार्यक्रममा कृषि ज्ञानकेन्द्र मोरङले सो वर्डामा रहेको श्री कल्याणकारी वहुउदेश्य सहकारी मार्फत कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेको हो ।
वर्डामा संचालित गहुवाली व्लक कार्यक्रममा आवद्ध किसानलाई एकथान पावरटिलर, एकथान रोटावेटर, तिन ठाउमा डिप वोडिङ जडान, पाचथान पम्सेट चारथान इलेक्ट्रिक मटर, तिनथान डिजिटल काटा तथा पाचसय केजी डेलिभरी पाइप वितरण गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले वताउनुभयो ।
कृषि सामाग्री वितरण कार्यक्रम जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, धनपालथा गाउपालिकाका प्रमुख जिवछ प्रसाद गच्दार उपाध्यक्ष नसिमा वानो तथा कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले किसानलाई उक्त समाग्री वितरण गर्नु भएको थियो ।

किसानको आठ लाख र ज्ञानकेन्द्रको १५ लाख गरि २३ लाख रुपैया वरावरको कृषि समाग्री किसानलाई वितरण गरिएको सहकारी संस्थानका अध्यक्ष दिपेन्द्र पासवानले वताउनुभयो ।
कार्यक्रमा वोल्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख राईले उत्तपादन वृद्धिगर्न सरकारले अनुदानमा कृषि सामाग्री उपलव्ध गराएकाले त्यसको सहि सदुपयोग गर्न किसनालाई आग्रह गर्नुभयो ।
पालिकाका अध्यक्ष गच्छदारले कृषि उत्तपादन वढाउन कृषि यान्त्रिकरणमा जोड दिनुपर्ने वताउनुभयो ।
सो वर्डाका वर्डा अध्यक्ष पंकजकुमार मण्डलले कृषि ज्ञान केनद्रले पालिका सवै वर्डाहरुमा व्लक कार्यक्रम विस्तारगर्न सके उत्तपादनमा वृद्धि हुने वताउनुभयो ।

त्यसैगरि कृषि ज्ञानकेन्द्रले पाचहजार केजी गहुको विउ तथा १३ सय केजी विभिन्न प्रकारका मलखाद्ध किसानलाई वितरण गरिएको कार्यालय प्रमुख सिंहले वताउनुभयो । सो वर्डामा संचालित गहुव्लक कार्यक्रम दुई वर्ष सम्म संचालन हुने उहाले वताउनुभयो ।