कुमोद अधिकारी विराटनगर
पुस १८ वुधवार
कोशी प्रदेसका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्यपदार्थ बंगलादेश निकासीका लागि पहल थाल्नु भएको छ । बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्यपदार्थ निकासीका लागि सहजीकरण गरिदिनआग्रह गर्नुभयो ।
नेपालबाट बंगलादेशमा दुग्धजन्यपदार्थको निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दुग्ध जन्यपदार्थ उत्पादकले निर्यात गर्न सकेका छैनन् ।
दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्कहोली डे’को अवस्था सिर्जना हुनुका साथै यहाँ उत्पादित घ्यू, नौनी कुहिने अवस्थामा छन ।
प्रदेशमा उत्पादित दुग्धजन्यपदार्थ बिक्री नहुँदा दुध डेरी सञ्चालकहरुले पछिल्लो समय किसानसँग दुधकिन्न छोड्नुका साथै किसानलाई एक वर्षदेखि दुधको भूक्तानी दिन सकेका छैनन् । दुधको भुक्तानी नपाउँदा किसान बिच्चलीमा परेका छन् ।
विराटनगर दुग्धवितरण आयोजनाले उत्पादन गरेको दुग्धजन्यपदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले वताउनुभयो । एकातिर किसानले दुधउत्पादन बढाएका छन् भने अर्कोतिर उत्पादित दुग्धजन्यपदार्थ बिक्री नहुँदा किसानहरुलाई गत जेठ महिनादेखि दुधको भुक्तानी दिन नसकेको उहाको भनाई छ ।
मुख्यमन्त्री कार्कीले बंगलादेशका लागि नेपाली राजदुत भण्डारीलाई दुग्धजन्यपदार्थमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दुग्धजन्यपदार्थ निकासीकालागि पहलगरिदिनआग्रह गर्नुभयो । फोन संवादमा राजदुत भण्डारीले बंगलादेशको ‘कमर्शियल कमिटी’मा निर्णय गराएर दुग्धजन्यपदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्रीकार्कीले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले दुग्धजन्यपदार्थ उत्पादक सहितको टोली बंगलादेश गएर भएपनि दुग्धजन्यपदार्थ निकासीलाई सहज वनाउने र किसानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनभयो ।