सुशासन प्रवद्धनका लागि अख्तियार अपरिहार्य संस्था , मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
मोरङ,१७ पुस ः
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासन प्रवद्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अपरिहार्य संस्था भएको बताउनु भएको छ ।
आयोगको इटहरी प्रदेश कार्यालय द्वारा विराटनगरमा आज आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले आयोग हामी सबैको खवरदारी गर्ने सम्मानित संस्था भएकोले यसलाई समय सान्दर्भिक रुपमा परिकृत गर्दै लग्नु पर्ने वताउनुभयो ।
उहाँले राम्रा कामगर्नेका लागि अख्तियार सहयोगी संस्था हो भन्ने सन्देश पालिकास्तरमा पु¥याउनु आवश्यक रहेकोमा जोड दिदै मुख्यमन्त्री कार्कीले विकास निर्माण तथा जनता संग जोडिएका महत्वपुर्ण योजना लगायतका कार्यमा आयोगद्वारा दायर भएका मुद्दाको समयमै अनुसन्धान गरि त्यसलाई टुग्याउन ुपर्ने वताउनुभयो ।
जनप्रतिनिधिले पाएको अधिकार दुरुपयोग नहोस भन्नका लागि आयोगले काम गर्ने सहज वातावरण बनाएको उहाको भनाई थियो ।


आयोगकी आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यले कर्मचारीहरुले जनताको पैसाबाट सञ्चालन गरिने विकास निर्माण कार्य गुणस्तरीय र प्रतिफल प्राप्त हुनु पर्ने वताउनुभयो ।
उहाँले विकास निमार्ण कार्यको ठेक्का लगाउँदा पूर्व तयारी गर्न आग्रह गर्दै सार्वजनिक खरीद ऐन कानूनको पूर्ण पालना गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रदेशका निमित्त प्रमुख सचिव इश्वरकुमार गिरीले जनता केन्द्रीत रहेर सुशासन प्रवद्र्धनमा लाग्न कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।
आयोगका प्रदेश कार्यालय इटहरीका प्रमुख सुरेश न्यौपाने र सह न्यायाधिवक्ता पूजा खत्रीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रियामा संघीय तथा प्रदेश कार्यालयका कर्मचारी, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख र स्थानीय निकायका कर्मचारहरु, भ्रष्टाचार नियन्त्रणमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका चालु आर्थिक बर्षको मङ्सीर मसान्तसम्ममा दुई सय ११ उजुरी दर्ता भएको थियो भने ८० वटा फछर्यौट भएको जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *