कोशी प्रदेस सरकारको प्रोत्साहन भत्ताले महिला स्वास्थ्य स्वयं सेविका उत्साहित

कुमोद अधिकारी पुस १८
विराटनगर । कोशीप्रदेश सरकारले प्रोत्साहन भत्तादिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५÷५ हजारका दरले प्रोत्साहनभत्ता र जिल्लाजिल्ला र प्रदेश स्तरमा पुरस्कृत गर्ने व्यवस्था गरेको छ ।
नेपाल महिला स्वास्थ्य स्वयं सेविका संघ कोशी इन्चार्ज रत्ना रिजालको नेतृत्वमा आाएका महिला स्वास्थ्य स्वयं सेविकाहरुले प्रदेश सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको हकहितमा चासो राखेर प्रोत्साहन भत्ता र पुरस्कृत गर्ने व्यवस्थाले आफूहरु उत्साहित भएको बताउनुभयो ।
‘महिला स्वास्थ्य स्वयं सेविकाहरुले रातदिन नभनी काम गरिरहेको दुःखलाई मुख्यमन्त्रीज्यूले सम्झेर प्रोत्साहनभत्ता र पुरस्कारको व्यवस्था गरेकोमा धन्यवाद दिन चाहन्छु,’ इन्चार्ज रिजालले भन्नुभयो ‘मुख्यमन्त्रीज्यूले प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेर महिला स्वास्थ्य स्वयं सेविकालाई अझै जिम्मेवार बनाइदिनु भएको छ ।’
संघकी केन्द्रीय सचिव समेत रहेकी झापाकी महिला स्वास्थ्यस्वयं सेविका विमला प्रसाईं लगायतले आफूहरुले प्रदेशबाट पाउँदै आएको सुविधापनि अघिल्लो सरकारबाट रोक्का भएकाको भन्दै मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।
‘महिला स्वास्थ्य स्वयं सेविका छोडेर विदाहुँदाको बखत प्रदेश सरकारले २० हजार रुपैंयाँदिने भनेर नीति नै बनाएको तर महालेखा परीक्षकको कार्यालयले त्यसलाई बेरुजु देखाएपछि उक्त रकम पनि नपाउने भएका छौं,’ उहाले भन्नुभयो ‘प्रदेशभरिमा ६ हजार महिला स्वास्थ्य स्वयं सेविका रातदिन महिलाले गर्भ धारण गरेदेखि बच्चा हुर्कुञ्जेल स्वयं सेवागर्दै आएको अवस्थामा प्रदेश सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेर थप जिम्मेवार बनाइदिएको छ ।’


मुख्यमन्त्रीतथा मन्त्रीपरिषद्को कार्यालयमा महिला स्वयं सेविकाको ध्यानाकर्षण पत्रबुझेपछि मुख्यमन्त्री कार्कीले समाजमा महत्वूण योगदान पुर्याउने महिला स्वास्थ्यस्वयंसेविकाहरु आफ्ना बिरामी बालबालिका लाई घरमा छोडेर रातदिन नभनीअर्काको घरमागएर गर्भवतीमहिला देखि बालबालिका हरुलाई सेवादिँदै आएकाले प्रोत्साहन र पुरस्कारको व्यवस्था गरेको वताउनुभयो ।
‘आफ्ना छोराछोरीलाई घरमाछोडेर समुदायमा रहेका छोराछोरीहरुको हेरबिचार गर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको योगदानउच्च छ ।त्यो मैलेपनि बुझेको छु,’मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘अहिलेसम्म महिला स्वास्थ्यस्वयं सेविकाको पीडामा कोही सरकार लागेन यो पटक मैले बजेटमै स्वयंसेवी महिलाहरुलाई ५ हजार प्रोत्साहन उपलब्ध गराउने व्यवस्था मिलाएको छु । तपाईहरु ढुक्क हुनुहोस ।’
मुख्यमन्त्री कार्कीले कोशी प्रदेसका १४ वटा जिल्लामा एक÷एकजना र प्रदेशभरिबाट एक जनामहिला स्वास्थ्यस्वयं सेविकालाई सम्मान गर्ने बताउनुभयो ।
कोरोनाका बेला समेत डाक्टरहरुको भन्दापनि घरघरमा पुगेर कोरोना पिडीतलाई हेर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको सेवा महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘मेरोसरकारको पहिलो प्राथमिकता भनेको मानवीय विकास हो । त्यस भित्रपनि वालबालिका र महिलाको क्षेत्रमा काम गर्नु छ त्यसका लागि सवैको सहयोग आवश्यक रहेको उहाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *