कुमोद अधिकारी विराटनगर
फागुन ५ सुक्रवार
मोरङको उर्लावारी नगरपालिका–७ मा रहेको वेतिनि सीमसारप्रती पर्यटकको आकार्षण वढ्न थालेको छ । वेतिनि सामुदायिक वन उपभोक्ता समुहले संरक्षण एंव व्यवस्थापन गर्दै आएको सीमसारमा आन्तरिक तथा वाह्रय पर्यटक घुम्न तथा पिकनिक खान आउने गर्दछन । अहिलेको सिजनमा दैनिक दुईसय भन्दा वढि आन्तरिक तथा वाह्रय पर्यटक त्याहा पुग्ने गर्दछन ।
५५ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसारमा चारवटा पोखरी रहेका छन । चारकोषे जंगलभित्र रहेको सीमसारमा विभिन्न मनोरम दृष्य रहेका छन । सीमसारमा पर्यटकहरुको आकार्षणकालागी फोटो स्टेसन, थ्रीडी पेन्टिङ, सेल्फि डाडा, पिकनिक स्थलको निमार्णको काम लाई अघि वढाएको वेतिनि सामुदायिक वन उपभोक्ता समहुका कोषाध्यक्ष अर्जुन वास्तोलाले वताउनुभयो ।

सीमसारले पैदल पथ निमार्ण तथा वन्यजन्तु आरक्षण केन्द्रको अवधारणा समेत अघि वढाइएको छ । सीमसारमा रहेका पानीका मुहान तथा हरियाली फाटहरुले त्यसक्षेत्रको आकार्षणलाई थप उजागर वनाएको छ ।
सीमसारको व्यवस्थापनका लागी उर्लावारी नगरपालिकाले चालु आर्थिकवर्षमा एक करोड रुपैया विनियोजन गरेको तथा प्रदेस र संघिय सरकारसंग विभिन्न योजना माग गरेको वास्तोलाले वताउनुभयो । सीमसारमा पाचवषै गुरु योजना वनाएर थप व्यवस्थित गर्ने काम भइरहेको उहाको भनाई छ ।
पुर्व पश्चिम राजमार्ग देखी दुई किलोमिटर उत्तरमा रहेको सीमसारमा पर्यटकहरु आउन थालेपछि चहलपहल वढन थालेको स्थानिय मन्जु गिरीको भनाई छ । चहल पहल वढेपछि सीमसार पुग्ने वाटो कालोपत्रे हुन थालेको तथा सो क्षेत्रमा वजार समेत विस्तार हुन थालेको उहाको भनाइ छ ।
सीमसारका पोखरीमा माछापालन तथा सामुदायिक भवन निमार्णका लागी प्रदेस सरकारसंग पहल भइरहेको छ । सीमसारमा विवाह व्रतवन्ध तथा सामाजिक कार्यकालागी सामुदायिक भवन आवश्यक रहेको स्थानियको भनाई छ ।
सीमसार व्यवस्थि गर्न डिभिजन वन कार्यालय विराटनगरले समेत विभिन्न प्रकारका सहयोग गर्दै आएको छ । सीमसारलाई हराभरा र स्वच्छ वनाउन वृक्षारोपण तथा सरसफाईको काम समेत हुदै आएको छ ।