साढे सात हजार मेट्रिक टन युरिया मल विराटनगर आउदै

फागुन ४ विहिवार
गहु र धानखेतीका लागी मलको अभाव हुन नदिन साढे सातहजार मेट्रिक टन युरिया मल विराटनगर आउदै छ । विराटनगर स्थित कृषि सामाग्री कम्पनी लिमिटेडका लागी सो युरियामल आउन लागेको हो ।
साढे सातहजार मेट्रिक टन मध्ये धेरै जसो मल विराटनगर भन्सार कार्यालयमा आइसकेको र वाकी मल आउने क्रममा रहेको छ । नेपाल सरकाले खरिद गरेको सवै युरिया मल १० दिन भित्र कार्यालयमा आइपसक्ने कृषि सामाग्री कम्पनी लिमिटेड विराटनगरका प्रमुख वलवहादुर पन्तले वताउनुभयो ।
त्यसैगरि नेपाल सरकारले खरिद गरेको मध्ये कोटा अनुसार करिव ३६ सय डिएपी मल समेत आउन लागेको छ । यसै महिना भित्र सो मल आइपुग्ने कार्यालय प्रमुख पन्तको भनाई छ । सो कार्यालयमा अहिले ३ हजार ५२ मेट्रिक टन युरिया, साढे १२ सय मेट्रिक टन डिएपी मौजाद रहेको छ ।
कार्यालयले ११ हजार मेट्रिक टन युरिया, ९ हजार मेट्रिक टन डिएपी तथा ९ सय मेट्रिक टन पोटास विक्रीगर्ने वार्षिक लक्ष्य लिएको छ । जस अनुसार माघ मसान्त सम्म ४ हजार ९ सय २७ मेट्रिक टन यरिया,२६ सय मेट्रिक टन डिएपी र ६ सय मेट्रिक टन पोटास विक्री वितरण गरेको जनाएको छ । अहिले पनि सो कार्यालयवाट युरिया, डिएपी तथा पोटास जस्ता रसायनिक मल विक्री वितरण भइरहेको छ ।
कोटा अनुसार छुटयाएको मल किसानहरुका लागी पर्याप्त नभएपनि मलको भने अभाव नरहेको कार्यालयले जनाएको छ । किसानका आवश्यकता अनुसार समानुपातिक रुपमा मल आपुर्ति भइरहेको कार्यालय प्रमुख पन्तको भनाई छ । मोरङ जिल्लामा रहेका २ सय ३० वटा सहकारी मार्फत मल विक्री वितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *