मोरङ्गमा फस्टाउदै छ माछपालन व्यवसाय

विराटनगर, मोरङ्ग रंगेली नगरपालिका–२ बवियार्बिताकी महिलाले कृषि कर्ममा लाग्दा मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदारण बन्नुभएको छ । इश्वर एकिकृत कृषि फर्म संचालन गरेर माछापालन व्यवसाय शुरु गर्नु भएकी दुर्गा कार्की पूर्वकै सफल किसान रुपमा चिनिनु हुन्छ ।
एकल महिला भएर पनि उँहाले गर्नुू भएको मेहनत र परिश्रमका कारण सो व्यवसायवाट बार्षिक १५ देखी १८ लाख सम्म आम्दानी गर्न सफल हुनु भएको छ ।
२०४५ सालदखि उहाँको परिवारले माछापालन व्यवसाय शुरु गरेको हो । ११ विघा जग्गामा २७ वटा पोखरी खनेर माछापालन व्यवसाय गर्दै आउनु भएका उहाँले सवै पोखरीवाट वार्षिक ६० लाखभन्दा बढिको माछा विक्रि गर्दै आउनु भएको छ ।
अरु वालीको तुलनामा माछा पालन व्यवसायवाट बढि फाइदा हुने भएपनि विक्रिका लागी वजारको भने अभाव रहेको छ । माछा उत्तपादन बढेपनि बजारीकरणको अभाव हँुदा उचित मुल्य नपाए पछि माछा किसान मार्कामा परेको उहाँँ बताउनुहुन्छ । बजारीकरण सहज नहुदा किसानको भन्दा माछा खरिदगर्ने व्यापारीलाई वढि फाइदा हुने गरेको गुनासो उहाँको छ ।


मोरङ ज्ल्लिामा प्रधानमंत्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत माछा जोन कार्यक्रम संचालन हुदै आएको छ । परियोजनाल नयाँ माछा किसानलाई फाइदा पुगेको भन्नुहुदै नया पोखरी खन्न अनुदान दिदै आएको छ । नयाँ पोखरीमा अनुदान दिएजस्तै पोखरी मर्मत संभारमा पनि परियोजनाले अनुदान दिनुपर्ने कार्कीको भनाई छ । नयाँ पोखरी निमार्ण गरेको तिनवर्ष भित्र त्यसलाई ममत संभर गर्नुपर्ने भएकाले कतिपय किसानले पोखरी मर्मत संभार गर्न नसकेको कार्कीको भनाई छ ।
पोखरीमा माछाको भुरा हालेपछि सो माछा एकवर्षमा खान लायक हुन्छ । उहाँको पोखरीको एउटा माछा ८ देखी १० केजी सम्म उत्तपादन हुने गरेको छ । मोरङमा रहेका माछा हयाचरीले समयमा माछाको भुरा दिन नसक्दा सिराहावाट याहाको किसानहरले माछाका भुरा ल्याउने गरेका छन ।
माछा पालन व्यवसाय सहज भएपनि माछाको दानाको मुल्य महगो भएकाले सोचे जस्तौ आम्दानी हुन नसकेको भन्नुहुदै उहाले सरकारले दानामा पनि अनुदान दिन सके किसानलाई फाइदा पुग्ने बताउनुभयो ।
किसान अभियान्ताको रुपमा परिचित कार्कीलाई सफल किसानको रुपमा नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरुले सम्मान तथा पुरस्कार समेत प्रदान गरेको छ । उहाले गर्नु भएको माछापालन व्यवसाय देखेर अन्य किसानले समेत माछापालन गर्दै रामा्रै आम्दानी लिन थालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *