विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

विराटनगर,यात्रुहरुको सुविधाका लागी विराटनगर विमानस्थलले आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटक संचालनमा ल्याएको सो प्रणालीको निमार्ण लागत दुई करोड ३ लाख ५१ हजार रुपैया रहेको छ । सो प्रणाली अनतर्गत प्रतिघण्टा दुई हजार देखि चार हजारसम्म व्यागको स्वचालितरुपमा हवाई यात्रुको स्थानमा सेवा पु¥याउने जनाइको छ । नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप महानिर्देशक हंशराज पाण्डेले आज विराटनगर विमानस्थलमा प्रणालीको उद्घाटन गर्नुभयो । सेवा लागु भएपछि हवाई यात्रुले सहज र सरल रुपले सेवा प्राप्त गर्नुका साथै समय बचत हुने उहाले बताउनु भयो । उड्डयन कार्यालयका व्यापार विभागका निर्देशक जगनार्थ निरौला, ,हवाई सुरक्षा विभागकाका देवचन्द्रलाल कर्ण,विराटनगर विमानस्थलका निर्देशक रिन्जी शेर्पा लगायतले यस क्षेत्रका विमानस्थलमा विश्वका आधुनिक प्रविधि जडान गरिएकोले हवाई यात्रा सुरक्षित रहेको विश्वास व्यक्त गर्नुभयो । विराटनगर विमानस्थल प्रयोग गरी सन् २०२२ मा ७ लाख ५९ हजार ३५७ जना हवाई यात्रुहरु आगमन तथा प्रस्थान गरेको सो कार्यालयले जनाएको छ ।
उक्त्त अवधिमा आगमनतर्फ ३ लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ ३ लाख ८२ हजार २७६ जना यात्रुहरुले विमानस्थल प्रयोग गरेका छन् । यस्तै सोही अवधिमा आगमनतर्फ छ हजार ७६६ र प्रस्थानतर्फ छ हजार ७६५ गरि जम्मा १३ हजार ५३१ विभिन्न कम्पनीका हवाई जहाजहरुले उडान भरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *