कुुमोद अधिकारी,विराटनगर
पूर्व पश्चिम तथा दक्षिण क्षेत्रलाई मुख्य राजमार्ग संग जोडने गरि निमार्ण शुरु गरिएको हुलाकी सडकको ७० प्रतिशत भन्दा बढि काम सम्पन्न भएको छ । मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा ३ सय ३२ किलामिटर हुलाकी सडक निमार्ण भइरहेकोमा त्यसमध्ये ७० प्रतिशत भन्दा बढि काम सम्पन्न भएको हो ।
सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको पुर्व–पश्चिम हुलाकी सडकको काम आगामी १ बर्ष भित्रमा सञ्चालनमा आउने गरि काम भइरहेको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक एकवर्षमा चार लेनमा विस्तार हुने जनाइको छ ।

हुलाकी सडकको काम अहिले तिव्र गतिमा अघि वढेको हुलाकी सडक योजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले बताउनुभयो । दशँै तिहार जस्ता पर्व तथा निर्वाचनका कारण केहि काम ढिलाई भएपनि अहिले आएर कामले गति लिएको र बजेटको समेत अभाव नरहेको कार्यालय प्रमुख थापाको भनाई छ ।
३ सय ३२ किलोमिटर हुलाकी सडक खण्ड अन्र्तगत ठुला ठुला आठवटा पुलको निमार्ण कार्य सम्पन्न भइ सकेको छ । २४ वटा पुलमध्ये ८ वटा पक्किपुलको निमार्ण सम्पन्न भएको हो । लामो समयदेखी गिती लिन नसकेको हुलाकी सडकको कामले तिव्रता पाएपछि सर्व साधारण समेत उत्साहित भएका छन । रंगेली नगरपालिका क्षेत्रमा पर्ने वेतौनाको चेका खोलादेखि मधुवन्नी सम्मको हुलाकी सडकोको प्राय सवै काम सम्पन्न हुने अवस्थामा छभने वेतौना चोकदेखी विराटनगर सम्मको सडकको काम भने शुरुआती चरणमा छ ।

मोरङको केशलिया खोलादेखी मोरङ–झापाको सिमानमा रहेको रतुवा खोलासम्मको ४४ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ । सो क्षेत्रमा पर्ने सवै सडक भत्काएको अवस्था छ । सडक समयमा सम्पन्न नहुदा आवत जावतमा समस्या भएकाले सम्बन्धित निकायको ध्यान जानूपर्ने रंगेली ७ का कमलेश कुमार मण्डलको भनाई छ । रंगेली–विराटनगर सडकमा निमार्णको काम भइरहेकाले सडकमा धुलो उडने र सडक खाल्टा खुल्टि हँुदा विरामी लाई ल्याउन लैजान समेत समस्या भएको मण्डलको भनाई ।
त्यस्तै हुलाकी सडक अन्तर्गत पुर्व–पश्चिम राजमार्गलाई जोडने रंगेली –कानेपोखरी सडकको निमार्ण कार्य अन्तिम चरणमा छ । २६ किलो मिटर लामो उक्त सडक खण्डको गेरुवा खोलामा पुल नवन्दा सडकले पुर्णता पाउन सकेको छैन । लामो समयदेखी अलपत्र अवस्थामा रहेको सो पुल नवन्दा वर्षा याममा सवारी साधन तथा सर्वसाधारणलाई आवत÷जावतमा समस्या हुने गरेको छ ।