मोरङ्ग ६ का मतदाताको घरदैलोमा मन्त्री आचार्य, विकासको मुल फुट्ने मतदाताको अपेक्षा

प्रदेश नं १ को मन्त्रीमा नियुक्त भएपछि आफ्ना मतदाताको समस्या बुझ्न मन्त्री जीवन आचार्य घरदैलोमा पुग्नुभएको छ । मोरङ्ग क्षेत्र नं ६ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित मन्त्री आचार्य खुशी साट्न तथा जनताका समस्या र अपेक्षा बुझ्न मतदाता समक्ष पुग्नु भएको हो । बुधवार मोरङ्गको बुढिगंगा वडा नं ६ र ७ का मतदाता संग भेटघाट गर्दै मन्त्री आचार्यले चुनाव जितेपछि जनताले लगाउने एउटै आरोप कोहि फर्किएर आउँदैनन् भन्ने रहेको तर आफु त्यस्तो जनप्रतिनिधिमा नपर्ने र चुनावको बेलापनि जनता माझ रहेरै काम गर्ने बाचा गरेको बताउनुभयो । मन्त्री भएपछि समग्र प्रदेशको गुनासो र समस्याका विषय हेर्नु आफ्नो दायित्व रहेको बताउँदै मन्त्री आचार्यले आफ्ना मतदाताको छुट्टै अपेक्षा,भरोसा हुने र त्यसलाई टुट्न नदिने विश्वास दिलाउनुभयो । जनताले विश्वास गरेर जिताएको र जनाताकै बिचमा रहेर काम गर्ने उहाँको भनाइ छ । यस क्षेत्रका सबै समस्याको बारेमा आफु जानकार नै रहेपनि जनता समक्ष पुगेर दिर्घकालीन योजनाका साथ अगी बढदै काम गर्ने आचार्यको भनाई छ ।

मन्त्री आचार्यले मतदाता लाई सचेत गराउँदै विकासको लागी आएको बजेट को अनुगमन आफै गर्न आग्रह गर्नु भएको छ । आफनो घर अगाडी बनेको बाटो दुई महिनामै भत्किदा आफैँ लाई दुःख हुने र सरकारको लगानी पनि खेर जाने हुँदा विकासको लागी ढुक्क रहन र भएका कामको आफैँले खवरदारी गर्न सुझाव दिनुभयो । स्थानीय बासिन्दाले बाटो,पुल, सरकारी विद्यालयको स्तरोन्नती,खानेपानी ,युवाको लागी सिपयुक्त तालीम लगाएतका समस्या राखेका छन ।

चितनव को जस्तो विकासको अपेक्षा
आफनो क्षेत्रका नेता केन्द्रिय भुमिकामा नहुँदा र केन्द्रिय स्तरको बजेट ल्याउन नसक्दा विकासमा कसरी पछाडि परिन्छ भन्ने उदाहरण मोरङ्ग जिल्ला हुन थालेको छ । पछिल्लो समय नेपाली राजनितीको केन्द्रिय भुमिकामा रहेका मोरङ्ग जिल्लामा नेताले जनताको अपेक्षा अनुसारको बजेट ल्याउन सकेका छैनन । बजेट र योजना निमार्णमा आफना क्षेत्रका योजना पार्न नसक्दा स्थानीय बजेटले मात्र चाहे जस्तो विकास सम्भव छैन । पछिल्लो समय केन्द्रिय स्तरका नेता भएको चितवन, झापा लगाएतका जिल्लामा बजेट धेरै पुगेर विकास भएको भन्ने सुनेका स्थानीय जनताले चितवन जिल्ला मा भएको जस्तो विकास मोरङ्ग ६ (क) अपेक्षा गरेका छन ।

भु.पु वडा सदस्य समेत रहनुभएका स्थानीय सोभालाल खवास भन्नुहुन्छ “स्थानीय बजेटले विकासमा पछि परेको यस्तो क्षेत्रमा बालुवामा पनि जस्तै हुन्छ” । केन्द्र र प्रदेशका योजना आवश्यक छ र केन्द्रिय स्तरमा माओवादी कै प्रधानमन्त्री भएको कारण पनि जनताले ठुलो अपेक्षा गरेका छन । अर्का यूवा वसन्त गच्छेदार आफुले जिताएको युवा नेता मन्त्री भएकोले युवा लाई विशेष प्राथामिकतामा राखेर कार्यक्रम आउनेमा आशावादी हुनुहुन्छ । बुढिगंगा गाउँपालिका वडा नं ७ ं अन्य क्षेत्र भन्दा निकै पछि परेको र यहि क्षेत्रले मन्त्री पाउँदा विकास को मुल फुटने आशा रहेको वडा अध्यक्ष पंकज चौधरी बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *