प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

विराटनगर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रले आज सरकारमा सहभागिता जनाएको छ । माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका हुन् । माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त भएका हुन् । । सोमबार प्रदेश १ मा मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । अब ७ सदस्यीय मन्त्रिपरिषद् भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *