प्रदेश १ मा मुख्यमन्त्रीमा आलोपालोको प्रतिबद्धता नआएसम्म सरकारमा नजाने माओवादीको निर्णय

नेकपा ९माओवादी केन्द्र० को प्रदेश १ संसदीय दलले मुख्यमन्त्रीमा आलोपालोको प्रतिबद्धता नआएसम्म सरकारमा नजाने निर्णय गरेको छ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले नेकपा एमाले० का नेता हिक्मत कार्कीको सरकारमा तत्काल नजाने निर्णय गरेको माओवादी सांसद गणेश उप्रेतीले जानकारी दिए।

‘मुख्यमन्त्रीमा आलोपालोको प्रतिबद्धता नभएसम्म हामी सरकारमा जाँदैनौं,’ उप्रेतीले भने,‘आलोपालोका लागि सहमति गर्न केन्द्रीय केन्द्रीय नेतृत्वलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।’

आइतबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले अहिले केहीबेरमा प्रदेश प्रमुख परशुराम खापुङसँग पद तथा गोपनियताको शपथ लिँदै छन्। सपथलगत्तै मन्त्रिमण्डल बनाउने उनको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *