मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने सांसद अचार्यको प्रतिबद्धता

विराटनगर,
प्रदेश १ का सांसद जिवन अचार्यले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय लाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । मोरङ क्षेत्र नम्बर ६ (१) बाट प्रदेश सभामा प्रत्यक्ष तर्फ निर्वाचित माओबादी केन्द्रका सांसद जिवन आर्यायले देशकै पहिलो प्राविधिक विश्वविद्यालय आफनै क्षेत्रमा रहेको र त्यसलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरि स्तरोन्तीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
नवनिर्वाचित सांसद आचार्य लाई आफनै क्षेत्रको सांसद भएकोमा मनमोहन प्राविधिक विश्वविद्यालय ले बधाई ज्ञापन गर्दै प्राविधिक विश्वविबद्यालयका पदाधिकारीहरुले प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वबिद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरि स्तारोन्तीमा पहल गरिदिन आग्रह गरेका थिए ।
सांसद आर्याय लाई बधाई ज्ञापनगर्दै मनमोहोहन प्राविधिक विश्वविद्यालय (एमटियु) काउपकुल पति डा.सुभाषश्री आचार्यले संघ र प्रदेश सरकारसँगै सबै दल र स्थानियबासीको सहयोग प्राप्त गरीरहन सके देशकै पहिलो एमटियु केहीबर्षमा सार्कस्तरमा परिचतहुन सक्ने बताए । उनले त्यसकालागि मेडिकल टेक्निोलोजी लगागतका विभिन्न बिषयगत कक्षाहरुको पठनपाटन थप सुरु गर्न लागेको जानकारी गराए । उनले तुरुन्तै एउटा प्रादेशिक अस्पताल हस्तान्तरण नहुँदा स्वास्थ्यतर्फको पठनपाठन गर्न नसकेको बताए । उप–कुलपति पोखरेलले सांसद आचार्यसँग आग्रह गरे ,पहिले कोशी कोभिडका रुपमा स्थापनाभएको अस्पताल प्राप्तगर्न सके हामी स्वास्थ्यतर्फ प्राविधिकतहको उच्चकक्षाको पठनपाठन गराउन सक्ने थियौ तर हालसम्म तीनबटै मुख्यमन्त्रीबाट आश्वासन मात्रपायौ ।,’
उप–कुलपति पोखरेलले देशकै पहिलो प्राविधिक विश्वविद्यालय प्रदेश १ सरकारको मात्र नभएर संघको पनि गौरब भएकोले थप विषयगत शैक्षिक कार्यक्रमहरु सञ्चालन र पुर्वाधार विकासमा सहयोगको अपेक्षा रहेको सुनाए । उनकाअनुसार एमटियुले चाँडै हेल्थपोलिसी एण्ड मेनेजमेन्ट , रेल्वे र हाईटेक ब्रिजदेखी टनेल अनि ईन्फास्टकचरल र्ईन्जिनियरिङ लगायतका विषयहरु पठनपाठन गराउने अन्तिम तैयारी भैरहेको बताए ।
बधाई ग्रहण गर्दै सांसद आचार्यले आफु बढेपढेकै ठाउँमा स्थापनाभएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयको स्तरोन्नती गराई अन्तराष्ट्रिय स्तरमा चिनाउने काममा आफु सक्रीय भएर लाग्ने बताए । उनले मनमोहनप्राविधिकविश्वबिद्यालयकुनै एक पार्टी वा नेताको नभएर समग्र देशको भएकोले आफनोतर्फबाट स्तरोन्तीमा सक्दो सहयोग हुनसक्ने प्रतिबद्धता गरे । निर्वाचित सांसद आचार्यले भने र्, म हुर्के बढेको ठाउँमा स्थापनाभएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी मेरोपनिहो यसैले सबैको योजनाअनुसार म अगाडी बढछु ।,’
बधाई कार्यक्रममा प्राविधिक विश्वविद्यालयका संरक्षण समिति सदस्यतथा सभासद सत्यनारायण चौधरी , राजनकेसी , बलभद्र थारु , माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वास लगायतले प्राविधिक विश्वविद्यालयको स्तरोन्ती भएमा सुगम भनेर चिनिए पनि पछाडी पारिएको सिमान्तकृत समुदाय बस्ने पालिकाहरुको मात्रनभएर समग्र देशकै विकासमा योगदानपुग्ने बताए ।
प्रदेश सरकारले २०७६ मा कानुन बनाएर मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वबिद्यालयमा गत शैक्षिक सत्रदेखी स्नातकतहमा सिभिल र इलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स बिषयमा पठनपाठन भैरहेको छ । यो विश्वविद्यालयले आगामी दश बर्ष भित्र विभिन्न दश भन्दा बढि प्राबिधिक बिषयमा पिएचडी सम्मको पठनपाठन सुरु गराउने लक्ष्यलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *