विराटनगर ÷ विराटनगरको पार्किङ व्यवस्थापनका लागि विराटनगर महानगरपालिका स्थानिय जग्गा धनी विच सम्झौता भएको छ ।
विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको ३ कठ्ठा ५ धुर जग्गा पार्किङका लागि महानगरपालिकाले जग्गाधनीसंग सम्झौता गरेको हो । ।
महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाई शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।
त्यस्तै जग्गाधनीका तर्फबाट बद्रीशक्ति मास्के, शोभा मास्के प्रधान र केदारशक्ति मास्केले हस्ताक्षर गर्नु भएको छ । उहाहरुले पार्किङका लागी महानगरलाई एक वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराउनु भएको हो पार्किङ क्षेत्रको सरसफाईसहितका सम्पूर्ण कार्यहरु महानगरले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
त्यस्तै महानगरले सशुल्क पार्किङको व्यवस्थापन मिलाउनेछ । सम्झौता भंग गर्नु परेमा कम्तीमा दुई महिना अगाडि जानकारी गराउनुपर्नेछ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा सहयोग गर्न महनगरका मेयर नागेश कोइरालाले महानगरवासीलाई आग्रह गर्दै आउनु भएको छ ।
प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापन गरेर बजार क्षेत्रको ट्राफिक समस्या समाधान गर्ने महानगरको योजना छ । योजनाअन्तर्गत महानगरले जलजला हल उत्तरमा रहेको खाली जग्गामा पनि पार्किङको व्यवस्थापन गरेको छ ।
त्यस्तै अतिथिसदन दक्षिण–पूर्वमा पनि पार्किङका लागि तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो । यस्तै वर्षौंदेखि महानगरलाई तिर्नुपर्ने कर नतिरी खाली छाडेका जग्गामा पनि महानगरले पार्किङ व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी खाली छाडेका जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यतामा ह्रास आएको छ ।
“अबदेखि खाली जग्गामा फोहोर थुपारे महानगरले सम्बन्धित जग्गाधनीलाई कारबाही गर्नेछ,” प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भन्नुभयो “मेरो निजी जग्गा हो भनेर जथाभावी फोहोर थुपान अव कसैले पाउदैन ।