वनडढेलो रोकथाम एंव नियन्त्रणका लागि मोरङमा सचेतना अभियान

कुमोद अधिकारी
१ चैत
विराटनगर । वन डढेलो रोकथाम एंव नियन्त्रणका लागि मोरङ जिल्लामा सचेतना अभियान शुरु गरिएको छ । डिभिजन वन कार्यालय मोरङले जिल्लमा रहेका दश वटा सव–डिभिजन कार्यालय तथा सामुदायिक वनको उपभोक्ता समुहको समन्वयमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको हो ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले चैत र वैशाख महिनामा वन डढेलो तथा आगलागीका घटना वढि हुने संभावना रहेकाले नियन्त्रणका लागि सवै सव डिभिजन कार्र्यालयले नेपाल प्रहरी, सशत्र प्रहरी, उपभोक्ता समुह तथा कार्यालयका कर्मचारी सम्मिलित समिति गठन गरि सचेतना मुलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । वन डढेलो तथा वनक्षेत्रमा आगलागीका घटना भएका तत्काल समिति परिचालन हुने व्यवस्था मिलाइएको छ ।
त्यसैगरि कार्यालयले जिल्लामा रहेका चारवटा साझेदारी वनमा चारवटा पानी वोक्ने टेंकर तयारी अवस्थामा राख्नुका साथै वनजंगल क्षेत्रमा पात पतिगंर सरसफाई गर्ने तथा सामुदाकिय वन उपभोक्त समुह तथा वन हेरालु मार्फत वनमा गश्ति गर्ने कार्यलाई तिव्रता दिएको कार्यालय प्रमुख थापाको भनाई छ ।
वन डढेलोले जनधन, वन र जैविक विविधतामा असर पर्ने भएकाले स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम, पर्चा पम्पलेट वितरण तथा विभिन्न संचार माध्यम मार्फत वन डढेलो रोकथाम तथा नियँत्रण सम्वन्धि सचेतना मुलुक कार्यक्रम सञ्चालन गर्नुका साथै डढेलो नियन्त्रण सम्वन्धि सामुदायिक वनका उपभोक्ता समुहलाई विभिन्न प्रकारका औजार सामाग्री वितरण गरिको सो कार्यालयका वन अधिकृत रामलखन ठाकुरले वताउनुभयो ।
गतवर्ष मोरङमा वन डढेलो तथा आगलागीका कारण २ सय हेक्टर क्षेत्रफल वनमा क्षति पुगेको थियो भन्ने अघिल्लो वर्ष चारसय हेक्टर क्षेत्रफल वनमा वन डढेलो कारण क्ष्ािति पुगेको अधिकृत ठाकुरले जानकारी दिनुभयो ।
डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रम तथा प्रचारप्रसारलाई जोड दिएपछि मोरङ जिल्लामा डढेलोका घटनमा कमि आउन थालेको ठाकुरको भनाई छ ।


क्तिपया अवस्थामा सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको पाइएको छ ।
डढेलोका कारण भुइँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, वनमा रहेका रुखमा धोद्रो हुने, वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको बासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने तथा वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिम रहेकाले वनमा घास दाउरा गर्न जानेहरुलाई कुैने प्रकारको प्रज्वलशिल पर्दाथको प्रयोग नर्गन र वनमा आगलागी तथा डढेलाको घटना भए तत्काल खवर गर्न समेत कार्यालयले सवैमा आग्रह गरेको छ ।
मोरङ जिल्लामा ४४ हजार ५ सय ४ हेक्टर क्षेत्रफलमा वनले ओगटेको छ । जिल्लामा १ सय ४१ व्टा सामुदायिक वन, चारवटा साझेदारी वन तथा १२ वटा धार्मिक वन रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *