संविधान र मुलुकको प्रजातन्त्रलाई जोगाउन सवैको साझा संकल्प आवश्यक –मुख्यमन्त्री कार्की

कुमोद अधिकारी ,विराटनगर
राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ को अवसरमा विराटनगरमा आज विहान प्रभातफेरी निकालिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमागर्दै जन–आन्दोलन चौकमा पुगेर सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री,मन्त्रीहरु, प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसस्थाका प्रतिनिधिको हरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


सो अवसमा बोल्नुहँुदै कोशी प्रदेशका मख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनताले त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र र प्रजतन्त्रलाई जोगाउन प्रजातन्त्रिक आन्दोलनका सहभागि सम्पुर्ण शक्ति एकतवद्ध हुनुपर्ने बताउनुभयो ।
उहाँले नेपालको संविधान माथी अहिले विभिन्न तवरले प्रहारगर्ने प्रयास भइरहेकाले प्रजातन्त्र दिवसको महत्वपुर्ण दिनमा नेपालको लोकतान्त्रिक संविधान र प्रजातन्त्रलाई जोगाउन सवैले साझा सकल्पन गर्नुपर्ने आवश्यता आंैल्याउनुभयो ।
मुख्यमन्त्री कार्कीले अहिले भावना र उत्तेजना बहकिने भन्दापनि विवेकपुर्ण निर्णय र सोच विचार गरेर अघि बढनु आवश्यक रहेको बताउनुभयो । समुन्नत समाजको निमार्णमा आजको दिनले प्रेरण मिलोस भन्नुुहुदै मुख्यमन्त्री कार्कीले मुलुकको शासन व्यवस्था र मुलुकको सार्वभोमसत्ता र क्षेत्रिय अखण्डता लाई वचाई राख्न हामिले महत्वपुर्ण योगदान गर्ने बेला आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *