जेम्स स्कुलको ३२औँ वार्षिकोत्सवःउत्कृष्ट विद्यार्थीसहित विभिन्न क्षेत्रकाव्यक्ति सम्मानित

कुमोद अधिकारी
६ फागुन,
विराटनगर । विराटनगर–१ पोखरियास्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिङ स्कुलले आफ्नो ३२औँ वार्षिकोत्सवतथाअभिभावकदिवसको अवसर पारेर विभिन्न क्षेत्रमाउत्कृष्ट योगदान पु¥याउने विद्यार्थी, अभिभावक र शिक्षक–कर्मचारीलाई सम्मान गरेको छ।
बुधबार आयोजितविशेष समारोहमाविद्यालयले शैक्षिकउत्कृष्टता, बहुमुखीप्रतिभा र दीर्घसेवालाई उच्चमूल्यांकनगर्दै सम्मानतथा पुरस्कार प्रदान गरेको हो।
गतवर्षको एसईई परीक्षामा ४ जीपीएल्याएर उत्कृष्टनतिजाहासिलगर्ने विद्यार्थी श्रीजीपोखरेलकाअभिभावकचन्द्रकुमार पोखरेल र सुमनाआचार्य पोखरेललाई विद्यालयले विशेष सम्मानप्रदान गरेको छ। त्यस्तै कक्षा ९ माअध्ययनरत बहुप्रतिभाशालीविद्यार्थी अनादीढकालाई ‘स्टुडेन्टअफ द इयर’ घोषित गर्दै पुरस्कृत गरिएको थियो।
शैक्षिक सत्र ९ बाट १० माउक्लिँदाप्रथम, द्वितीय र तृतीय स्थानहासिलगर्ने क्रमशःअनुष्कादाहाल, आविसाकोइराला र श्वेताशर्मालाई पनि सम्मानगरिएको छ। साथै फुटसल, कबड्डी, टेबलटेनिस र टगअफवारलगायतअतिरिक्तक्रियाकलापमाउत्कृष्टप्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत प्रशंसापत्र प्रदानगरिएको थियो।
दीर्घकालीन सेवाकालागि १९ वर्षदेखि अध्यापनरत शिक्षिकामुनातामाङ र १४ वर्षदेखि प्रशासनशाखामाकार्यरत विनोद निरौलालाई ‘दीर्घसेवा सम्मान’प्रदानगरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमकाप्रमुखअतिथित्रिभुवनविश्वविद्यालयका सहपरीक्षा नियन्त्रकडा. गोविन्द गुरागाईंले पाठ्यक्रमगतअध्ययनसँगै व्यवहारिक र जीवनोपयोगीशिक्षामाध्यानदिनुपर्नेमाजोड दिए। विद्यालय सञ्चालक समितिकाअध्यक्षडा. मनोजकुमार गुप्ताले जेम्सले विद्यार्थीको चौतर्फी व्यक्तित्वविकासमाउल्लेखनीयभूमिका खेलेको बताउनुभयो ।
सो अवसरमा अभिभावकचन्द्रकुमार पोखरेल, नागरिक समाजकाअगुवा वसन्तअधिकारी, विद्यालयकानिर्देशक भेषराजपोखरेल, प्रिन्सिपलपंकजखड्का, मेरिल्याण्डकलेजकाप्राचार्य लक्ष्मणढकाल, साहित्यकार दिनेशराज सुवेदी (दिङ्लालीकान्छो) तथाकविएवं पत्रकार मीनकुमार नवोदितलगायतवक्ताहरूले प्रविधिमैत्रीशिक्षासँगै संस्कार र नैतिकताको शिक्षालाई पनि समान रूपमाप्राथमिकतादिनुपर्ने धारणा राखेकाथिए।
वि.सं. २०५० सालमा स्थापनाभएको जेम्सले २०६२ सालदेखि एसएलसी (हालएसईई) परीक्षामा सहभागिताजनाउँदै आएको छ। भाइस प्रिन्सिपलपंकज साहकाअनुसार विद्यालयले एसईईमाहालसम्मशतप्रतिशतनतिजाकायम राख्दै आएको छ। हालकरिब ६ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमाकरिब ५० जनाशिक्षक–कर्मचारी आबद्धछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *