नेपालको राजनितिक राजधानीको रुपमा विराटनगरलाई पुन:स्थापित गर्छु–ःनेता कोइराला

कुमोद अधिकारी
विराटनगर , नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालको राजनितिक राजधानीको रुपमा विराटनगरलाई पुन स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेसको तर्फवाट मोरङ क्षेत्र न ६ मा प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिनु भएको उहाँले कोणसभा तथा घरदैलो कार्यक्रम गिरिजिा प्रसाद कोइरालाको पालामा नेपालको राजनितिक राजधानीको रुपमा रहेको विराटनगरको शाखलाई पुन स्थापित गर्ने बताउनुभयो ।
गिरिजावावुको पालामा नेपालको राष्ट्रिय राजनितिमा गरिने प्राय निर्णय विराटनगरवाट हुने गरेकोमा त्यसलाई स्थापित गर्न आफु लागेको उहाँको भनाई थियो ।
विराटनगरलाई प्रमुख औधोगिक नगर र राजनितिक राजधानीको रुपमा स्थापितगर्ने अठोट आफुले लिएको उहाँले बताउनुभयो ।


नेपालकै सवैभन्दा जेठो र पहिलो उधोग विराटनगर जुटमिलका कारण पहिलो औधोगिक नगरको रुपमा चिनिने विराटनगरलाई पहिलेको औधोगक नगरको रुपमा स्थापितगर्न यहा वन्द रहेको उधोगधन्दा कलकारखाना पुनं संंचालनमा ल्याउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेता कोइरालाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगार,तटवन्ध, सडक पुर्वाधार निमार्ण लगायत भ्रष्टाचार नियन्त्रण र मुलुकमा सुशासन कायम गर्नु आफनो मुख्य चुनावी ऐजेन्डा रहेको बताउनुभयो ।
नेपाली कांग्रेसको प्रति मतदाताको उत्साह बढेको उहाँको दावी थियो । नेता कोइरालाले नेपाली कांग्रेस एक जुट भएर निर्वाचनमा होमिएको बताउनुभयो ।
कोइराला परिवारले नेपालमा प्रजातन्त्र स्थापनाका लागि धेरै लामो सघर्ष गरेको चर्चा गर्दै उहाँले हिजोको दिनमा पनि यो परिवारलाई यस यो क्षेत्र लगायत सवै नेपाली जनता लाई माया र सम्मान दिएको र फागुन–२१ गतेको निर्वाचनमा पनि त्यो सम्मान र माया आफुले पाउने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *