कुमोद अधिकारी
१० साउन,
विराटनगर । धान रोपाईको यो सिजनका लागि नेपाल सरकारले खरिद गरेको युरिया तथा डिएपी मल विराटनगर स्थित कृषि समाग्री कम्पनी लिमिटेडले भोली सोमवारवाट विक्र वितरण गर्ने भएको छ ।
कार्यालयका प्रमुख कमल पोखरेलका अनुसार सरकारले खरिद गरेको मध्ये कोशी प्रदेसको भागमा छुटयाइएको ८ हजार ५ सय मेट्रिक टन युरिया तथा ८ हजार पाच सय मेट्रिकटन डिएपी मल कार्यालयमा आउन थालेको छ ।
कोशी प्रदेस मल वितरण व्यवस्थापन समितिको वैठकले कोशी प्रदेसका स्थानियतहका लागि मलको कोटा छुटाईसकेकाले स्थानिय तहको सिफारिसमा सम्वन्धित पालिकाका मल विक्रेता तथा सहकारीलाई सोमवारवाट मल उपलव्ध गराउन लागिएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
कृषि समाग्री कम्पनीको विराटनगर स्थित प्रादेसिक कार्यालयको जिल्ला स्थित कार्यालयहरुमा मल पठाई सकेकाले भोली सोमवार वाट मल विक्रि वितरण गर्ने गरि कार्यालय तयारीमा रहेको उहाको भनाई छ ।
विहिवार देखिनै खरिद गरेको मल कार्यालय आउन थालेको र मलको कोटा छुटयाउन प्रदेस मल वितरण व्यवस्थापन समितिको वैठक वस्नु पर्ने हुदा तथा शनिवार र आइतावार विदा परेकाले सोमवारवाट मलको विक्रि शुरु हुन लागेको हो ।

यस वाहेक सरकारले खरिद गरेको युरिया तथा हिएपी मल निरन्तर आउने क्रममा रहेको छ । धान रोप्न र रोपेपछि आवश्यक पर्ने युरिया तथा डिएपी मल निरन्तर आउन क्रममा रहेकाले अव कोशी प्रदेसमा मलको समस्या नहुने कार्यालय प्रमुख पोखरेलको भनाई छ ।
यस अघि कार्यालयले धान रोपाइ सिजनका लागि कार्यालयको वफर स्टकमा राखेको ४ हजार ६ सय मेट्रिक टन युरिया तथा आठसय मेट्रिक टन डिएपी मल पहिलो र देश्रो चरणमा गरि दुई पटक सहकारी तथा मल विक्रेता मार्फत कोशी प्रदेसका किसानलाई विक्रि वितरण गरि सकेको छ ।
धान रोपाईको यो सिजनमा युरिया तथा डिएपी मलको धेरैनै प्रयोग हुने भएकाले वफर स्टकमा रहेका मल विक्रि गर्दापनि आवश्यकता अनुसार किसानले पाउन सकिरहेका थिएनन । यस पटक ठुलो परिमाणमा मल आएकाले आवश्यकता अनुसार आफुहरुले मल पाउनुपर्ने किसानको भनाई छ ।