विराटनगर महानगरपालिका द्धारा ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक

कुमोद अधिकारी
१० असार,
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
म्हामनगरपालिकाको नगरसभाको १८ अधिवेशनमा आज उपप्रमुख शिल्पा निराला कार्कीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु हुदै यो आय संघीय तथा प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आम्दानी, विभिन्न अनुदान र बैंक मौज्दातबाट प्राप्त हुने वताउनुभयो ।
बजेटमा पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यस क्षेत्रमा मात्रै १ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ । यसअन्तर्गत वडा स्तरीय योजना, बहुवर्षीय तथा गौरवका आयोजना, पुराना दायित्व भएका ठेक्का र नगरस्तरीय परियोजनाहरू समावेश छन्। सडक, शहरी विकास, विद्युत, फोहोरपानी प्रशोधन तथा मर्मत सम्भारका कार्यक्रम समेटिएको छ ।

सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका कार्यक्रम र संघसंस्थालाई अनुदान यसअन्तर्गत समेटिएका छन्।
उपप्रमुख कार्कीले बजेटले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेको बताउँदै “शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर” बनाउने लक्ष्यअनुसार नीति तथा कार्यक्रम अघि वढाइएको जानकारी दिनुभयो ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा नगरसभा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *