कुमोद अधिकारी
१२ पुस ।
विराटनगर । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्व मन्त्री घनश्याम भुषालले मुलुक र संविधानलाई सहि ट्रयाकमा लैजाने एकमात्र उपाय निर्वाचन भएको वताउनु भएको छ ।
सो पार्टीले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले फागुन–२१ गते हुने निर्वाचनका लागि वातवरण वन्दे गएको वताउनुभयो ।
अहिलेको अवस्थामा संसदपुर्नस्थापना समस्याको समाधान होइन भन्नुहुदै निर्वाचन सवैले चाहेकाले त्यस्का लागि राजनितिक सहमति कायम गर्नुपर्नेु पर्नेमा उहाले जोड दिनुभयो ।
संसद पुर्नस्थापना भन्दापनि तोकिएको समयमा निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्नेमा उहाले जोड दिनुभयो ।
एक प्रश्नमा नेता भुषालले जेनजीको भावना ‘हाईज्याक’ भएको बताउनुभयो । जेनजी आन्दोलनपछि मुलकलाई बर्बादी पार्नेहरुले नेतृत्व छाड्नुको साटो धमाधम फर्किएकाले जेनजीको भावना हाईज्याक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘जेनजी आन्दोलनले पार्टीहरुमा सुधार हुने अपेक्षा थियो । त्यो हुन सकेन । जसले हिजो बर्बाद गरे उनीहरुनै नेतृत्वमा फर्कदै छन् ।’
नेता भुषालले नयाँ राजनीतिक दल र तिनका नेताहरु विचारहीन भएको टिप्पणी गर्नुभयो । उनीहरुमा पद, व्यक्ति र सिट बाहेक राष्ट्रविकासको कुनै एजेन्डा नभएको उहाँले बताउनुभयो ।
नेता भुषालले भन्नुभयो,‘ उनीहरु कम्पास विहिन जहाज चलाउन खोजेका छन् ।’ नयाँ राजनीतिक दलका नेताहरु पुराना नेताहरुको दोश्रो संस्करण भएको उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डले नेतृत्व छाडे कम्युनिष्टहरु एक हुने उहाँँको दावी छ । ओली र प्रचण्डले नेतृत्व विगारेको भन्दै उहाँले भन्नुभयो,‘ नयाँको आवस्यकता नै थिएन । पुराना लिडरसीपका कारण नयाँको खोजी भएको हो ।’ दुई जनाले छाडेका दिन कम्युनिष्टहरु एक हुने उहाँले बताउनुभयो ।
नेता भुषाल नेकपा संयुक्तको आज विराटनगरमा आयोजित कोशी प्रदेश स्तरिय विस्तारित भेलामा सुहभागी हुन आउनु भएको हो ।