कोशी प्रदेसमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी वन्दै,

कुमोद अधिकारी
२० मङसिर
विराटनगर । कोशी प्रदेशमा संचालन हुदै आएको ‘एक विद्यालय, एक नर्स सेवा कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । विद्यालयमा नर्स राखि आवश्यक पर्दा छात्रछात्राहरलाई निशुल्क औषधि सहितको प्राथमिक उपचार तथा विभिन्न स्वास्थ्य सम्वन्धि परामर्स दिन थालेपछि कार्यक्रम प्रभावकारी वनेको हो ।
कार्यक्रम संचालनमा आएका सामुदायिक विधालयमा नर्स राखी त्यहीबाट निःशुल्क औषधिसहितको प्राथामिक उपचार सेवा, परिवर्तित जीवन शैली, खानपान, रहनसहन तथा प्रजनन् स्वास्थ्य शिक्षा जस्ता बिषयमा छात्राहरलाई जानकारी दिने गरिन्छ
छात्राहरुको सामाजिक ब्यवहार परिर्वतनमा कार्यक्रम उपयोगि रहेको मोरङको रंगेली स्थित पप्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार साहको भनाई छ । सो विद्यालयमा आठसया विद्र्याथी अध्यनरत छन । कार्यक्रमले विचमा पढाई छाडने विद्र्याथीहरुको शख्यामा समेत पुर्ण रुपमा घटेको उहाको भनाई छ ।
त्यसैगरि विराटनगर स्थित पोखरियमा मावीको प्रधानाध्यापक खेमराज भटराईले पनि कार्यक्रमले विद्यालयको सम्पुर्ण गतिविधिमा सकारात्मक प्रभाव पारेको वताउनुभयो । ३८ सय विद्र्याथी अध्यनरत सो विद्यालयमा एकजना नर्सले सेवा दिन नसकेकाले दुइजना नर्स भए सेवा सहजहुने प्रधानाध्यापक भट्राईको भनाई छ । सो विद्यलायमा वालकक्षा देखि १२ कक्षा सम्म पढाई हुने गरेको छ ।
कोशी प्रदेसका कूल एक सय ७८ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रम प्रभावकारी भएपछि कार्यक्रमको माग गर्ने विद्यालयको सङ्ख्या बर्सेनि बढ्ने गरेको छ ।
तत्कालीन अवस्थामा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको यो कार्यक्रम प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना भएसँगै २०७८ सालदेखि प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत सञ्चालन हुदै आएको छ ।
किशोरीले आफ्नो स्वास्थ्य समस्याका कारण बीचैमा पढाइ छाड्ने समस्यालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालनमा ल्याएको र विद्यालयहरुमा यसको सकारात्मक प्रभाव परेको स्वास्थ्य निर्देशनालय धनकुटाका अस्पतालका नर्सिङ प्रुसासन, आस्था थापाको भनाई छ । कार्यक्रम संचालनमा आएपछि छात्राहरुले घरायसी देखि आफना सवै समस्या निर्धक भएर नर्सलाई सुनाउने गरेको उहाको भनाई छ । प्रदेस सरकार एक हजार वढि विद्र्याथीको शख्या भएका सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम संचालनमा ल्याइएको छ ।
कार्यक्रम प्रभावकारी र उपयोगी भएपनि सवै सरकारी विद्यालयमा यो कार्यक्रम लागु नहुदा विद्र्याथीहरुले स्वास्थ्य सम्वन्धि सेवा पाउन सकिरहेका छैन । त्यस्तो अवस्थामा सवै सामुदायिक विद्यलयहरुमा पनि यो कार्यक्रम लाई विस्तार गर्दै जानु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *