सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सानदार जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनाएको छ।
१४८ रनको लक्ष्य १४ ओभरभित्र पूरा गर्नु पर्ने अवस्थामा ११.५ ओभरमै लक्ष्य पूरा गर्दै विराटनगरले सनसनीपूर्ण जित निकालेको हो।
आजको जितसँगै विराटनगर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। काठमान्डु गोर्खाजसँग समान १० अंक भए पनि विराटनगर रनरेट अघि रहेको हो।
यसअघि सुदुरपश्चिमले शीर्ष स्थान बनाइसकेको थियो। आज पराजित भएसँगै उसको ६ खेलको जितको यात्रामा भने पूर्णविराम लागेको छ।
यससँगै अंक तालिकामा सुदूरपश्चिम १२ अंकसहित पहिलो, विराटनगर १० अंकसहित दोस्रो, काठमान्डु १० अंकसहित तेस्रो र लुम्बिनी लायन्स ८ अंकसहित चौथो भए।
अब पहिलो सुदूरपश्चिम र विराटनगरबीच मंगलबार पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टोली शनिबार हुने फाइनलमा पुग्नेछ। हार्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायनरमा अवसर पाउनेछ।
बुधबार इलिमिनेटरको खेलमा काठमान्डु र लुम्बिनी भिड्नेछन्। जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्नेछ।
विराटनगर सुदूरपश्चिमले दिएको १४८ रन लक्ष्य ११.५ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो।
आक्रामक सुरूवात गरेको विराटनगरका लागि फाप डु प्लेसिसले १९ बलमै अर्धशतक पूरा गरेका थिए।