संविधान सहि वाटोमा ल्याउन निर्वाचन आवश्यक– संयोजक दाहाल

कुमोद अधिकारी
१५ मङसिर,
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एंव पुर्व–प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन–२१ ग्तेको निर्वाचनका लागि आफनो पार्टी देशव्यापी अभियानमा थालेको वताउनु भएको छ
सो पार्टीद्धारा विराटनगरमा आज आयोजित कोशी प्रदेस स्तरिय पार्टी एकता सन्देस सभालाई संवोधन गर्नुहुदै उहाले संविधानलाई सहि वाटोमा ल्याउन निर्वाचन आवश्यक रहेकाले घोषित मितिमा निर्वाचन हुनुपर्ने वताउनुभयो ।
निष्पच्छ, स्वतन्त्र एंव भयरित रुपमा निर्वाचनमा सहभागि हुने वातावरण वनाउन उहाले आग्रह गर्नुभयो । निर्वाचनका लागि गठन भएको वतमान सरकारले राष्ट्रिय स्वाधिनतमा दिर्घकालिन असर गर्ने कुनैपनि निर्णय गर्न नहुने उहाको भनाई थियो ।
उहाले राष्ट्र र जनताको हितका सवै शक्तिलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी स्थापना भएको वाताउदै वर्तमान अवस्थामा लोकत्न्त्रको रक्षाका निम्ति लोकतन्त्रवादी शक्ति एक जुट हुनुपर्ने वताउनुभयो ।
पार्टीका सह–संयोजक एंव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रीय स्वाधिनता र मुलुकको रक्षा एंव नेपाली जनताको स्वाभिमानका निम्ति पार्टी गठन भएकाले पार्टीलाई संगठित वनाउनु पर्नैमा जोड दिनुभयो ।
पार्टीका नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले राजनितिक स्थाइत्व एंव मुलुकको विकासका लागि सवै लाग्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा पार्टीका नेता डा भिम रावल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ तथा गोपाल किराती, हरिवोल गजुरेल लगायतले पार्टी एकतामा जोड दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *