विराटनगरको प्राइम अस्पतालको उपचार सेवा शुरु

कुमोद अधिकारी
१४ मङसिर,
विराटनगर । विराटनगरमा खुलेको प्राइम अस्पतालले आइतबारदेखि बिरामीहरूका लागि उपचार सेवा सुरु गरेको छ । स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलले ११ करोड रुपैयाँको लगानीमा २५ बेर्डको प्राइम अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो।
अस्पतालका सञ्चालक र अस्पतालमा कार्यरत डाक्टर एवं डाक्टरका बुवा आमाले प्राइम अस्पतालको उद्घाटन गर्नु भएको थियो । प्राइम अस्पतालको उद्घाटन समारोहमा उद्योगी, व्यवसायी, डाक्टर, राजनीतिक दलका पदाधिकारीदेखि सबै क्षेत्र, तह र तप्काका विशिष्ट व्यक्तिहरू सहभागी रहेका थियो ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा, उद्योगी नरेश राठी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष उद्योगी राजकुमार अग्रवाल सहित ठुलो संख्यामा उद्योगी व्यवसायी हरुको सहभागिता थियो ।

े प्राइम अस्पतालका सञ्चालकमा सनातन मण्डल, डा. रमेश चौरसिया, डा. रंजिव यादव, डा. अजय महतो, डा. मनिष अग्रवाल र डा. टेकनारायण यादव रहनु भएको छभने सो अस्पतालको डा. रमेश चौरसिया प्राइम अस्पताल समितिका अध्यक्ष रहनु भएको छ । अस्पतालवाट आइतबारदेखि एक साथ १५ जना दक्ष विशेषज्ञ डाक्टरहरूले सेवा सुरु गरेका छन ।
प्राइम अस्पतालमा उपचार सेवा लिन आउने बिरामीलाई विशेषता युक्त गुणस्तरीय सेवा मार्फत निको पारेर मात्रै घर पठाउने सञ्चालक मण्डलले बताउनुभयो । विराटनगरको अस्पताल चौकमा पहिला गोल्डेन अस्पताल रहेको ५ तल्ले भवनमा प्राइम अस्पताल सञ्चालनमा आएको छ ।
प्राइम अस्पतालको नजिक ४ कठ्ठा क्षेत्रफलको जग्गामा ३ वटा बेग्लाबेग्लै पार्किङ स्थल निर्माण गरिएकोले अस्पतालमा उपचार सेवा लिन आउने जोकोहीलाई पार्किङको समस्या नहुने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *