कुमोद अधिकारी
२१ साउन,
विराटनगर । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा विराटनगर महानगरपालिका वडा नं. ८ शान्ति चौक स्थित प्रगती विनायक टोलमा वुधवार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ ।
स्थानिय महिला समुहको आयोजनामा गणेश मन्दिरमा भएको कार्यक्रममा टोलका दिदी वहिनीहरुले सामुहिक रुपमा तीजको गितमा नाचगान गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
रातो पहिरनमा सहभागि महिलाहरुले एक आपसमा शुभकामना आदान प्रदान एंंव खुशी साटासाट गर्दै सामुहिक रुपमा नाचगान गरेका थिए ।
महिला समुहकी लक्ष्मी पोखरेल, वाल्मिका बस्नेत, दिनावती चौधरी, रिचा भट्टराईको सक्रियतामा भएको कार्यक्रममा दर्जनौ महिलाहरको सहभागिता थियो ।
नेपाली नारीको महानपर्व पर्व तीज भाद्र १० गते भएपनि त्यो भन्दा पहिले देखिनै टोलटोलमा समुह बनाई नाचगान गरी रमाइलो गर्दै महिलाहरुले तीज कार्यक्रम गर्दै आएका छन ।

महिलाहरुले प्रत्येकवर्ष यस्ता कार्यक्रम आयोजना गर्दै तीज मनाउने गरेको महिला समुहमा आवद्ध लक्ष्मी पोखरेलले वताउनुभयो । आफनो कला सस्कृतिको जर्गेनागर्न पनि यस्ता कार्यक्रम महत्वपुर्ण हुने भएकाले कार्यक्रम आयोजना गरिएको उहाको भनाई छ ।
महिलाहरु भेला भएर नाजगान गर्दा दिदी वहिनीहरु संग सामुहिक भेटघाट हुने र रमाइलो पनि हुने भएकाले कार्यक्रम आयोजना गरिएको समुहका अर्का सदस्य रिचा भट्राईको भनाई छ ।
सो अवसरमा सहमागिहरुलाई जलपान कार्यक्रमको समेत आयोजना गरिएको थियो । अहिले विराटनगरका वडावडा तथा प्रत्येक टोलटोलमा सामुहिक रुपमा महिलाहरु भेला भएर तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आइ रहेका छन ।