बहुविवाहको बाटो खोल्ने प्रस्ताव कांग्रेसलाई स्वीकार्य हुदैन– नेता रिजाल

कुमोद अधिकारी
२१ साउन,
नेपाल महिला संघको ७८ औ स्थापना दिवशको अवसरमा वुधवार विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल महिला संघ मोरङ जिल्लाको आयोजनामा भएको स्थापना दिवश तथा तिज विशेष कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजालले महिला संघले महिलाहरुको हक, अधिकार स्थापना गर्नका लागि खेलेको भूमिकाको चर्चा गर्नुभयो ।
नेपाल महिला संघका नेतृहरु मंगलादेवी सिंह, शैलजा आचार्य, नोना कोइराला लगायतले महिला मुक्तिका लागि गरेको योगदानको चर्चा गर्नुभयो ।
नेपालको संविधानले महिलाहरुलाई ३३ प्रतिशत हक अधिकारको ग्यारेन्टी गरेपनि अहिले पनि पूर्ण रुपमा कार्यान्वयनमा आइनसकेको भन्दै महिलाहरु एक भएर अगाडि बढ्नु पर्नेमा उहाले जोड दिनुभयो । उहाँले कुनै पनि तरीकाले बहुविवाहको बाटो खोल्ने प्रस्ताव कांग्रेसलाई स्वीकार्य नहुने भन्दै बहुविवाहको कानुन नबन्नेमा ढुक्क रहन दिदिबहिनीलाई आग्रह गर्नुभयो ।
चारैतिरबाट विभिन्न संघसंस्थाले बहुविवाह मस्यौदाको विरोध गरिरहेको भन्दै गृह मन्त्री र कानुन मन्त्रीले पनि बहुविवाह मस्यौदाको अगाडि नबढ्ने भनिसकेको भन्दै उहाँले सम्पूर्ण नेपाली दिदिबहिनीलाई तिजको सुभकामना दिनुभयो ।
तिजलाई महिलाको स्वतन्त्रासँग जोडेर हेर्नुपर्नेमा रिजालले जोड दिनुभयो । कार्यक्रममा मिसेज ब्युटी कन्टेस्ट प्रतियोगिता, संगीनी र लोकदोहोरी लगायतका विभिन्न प्रतियोगिता गरिएको थियो । कार्यक्रममा महिलासंघमा आवद्ध महिलाहरुको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *