प्रदेस आमसंचार विधेयकको ६२ वटा वुदा संशोधन गर्न सरोकारवालाको सुझाव ,

कुमोद अधिकारी विराटनगर
११ असार
विराटनगर । कोशी प्रदेस आमसन्चार सम्वन्धमा व्यवस्थागर्न वनेको विधेयकको ६२ वटा वुदामा संसोधनका लागि सुझाव दिइएको छ ।
प्रदेस आमसंचारको विधेयकको सम्वन्धमा साझा सवालका लागि साझामंचले विराटनगरमा आज आयोजना गरेको प्रतिवेदन समिक्षा एंव छलफल कार्यक्रमा उक्त सुझाव दिइएको हो ।
कोशी प्रदेससभाका सभामुख, उपसभामुख तथा सम्वन्धित विषयगत समितिका सभापती तथा प्रमुख राजनितिक दलका सचेतक तथा प्रदेससभा सदस्यहरुको सहभागितामा भएको छलफल कार्यक्रममा प्रतिवेदन प्रस्तुतगर्दै उक्त सुझाव दिइएको थियो ।
कार्यक्रमा कोशी प्रदेससभाका सभामुख अम्वरवहादुर विष्टले कोशी प्रदेस आमसंचार विधेयक आम नागरिक र संचारकर्मीको हितमा आउने विश्वास व्यक्त गर्नुभयो । छलफलको क्रममा आएका सुझावले विधेयकलाई पुर्ण र परिपक्व वनाउन सहयोग पुग्ने उहाको भनाई थियो ।
कोशी प्रदेससभाका उपसभामुख सृजना दनुवारले आमसंचार विधेयक विषयकगत समितिमा छलफलको क्रममा रहेको र आमसंचारकर्मीको हितहुने गरि विधेयकलाई पुर्णता दिने प्रष्ट पार्नुभयो ।


कोशी प्रदेस न्याय प्रसासन तथा विधायन समितिका सभापति कमला दर्नालले विधेयकका विषयमा आएका धेरै विषयहरु यस अघिनै समिटिएको र छmलफलमा अहिले आएका महत्वपुर्ण विषयलाई पनि विधेयकमा समेटदै जाने वताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोशी प्रदेस उपाध्यक्ष कुमोद अधिकारीले लोकतन्त्रीक आन्दोलनमा अहम भुमिका निर्वाह गरेका पत्रकारहरुको भावनालाई सम्वोधन हुनेगरि विधेयकलाई पुर्णता दिनुपर्ने वताउनुभयो । उहाले प्रदेसको संरचना वलियो वनाउन स्थानिय मिडियाको प्रवद्धनमा जोड दिदै स्थानिय मिडियालाई उधोगको रुपमा विकास गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा विधेयकका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुहुदै पत्रकार कमल पौडेल तथा अधिवक्ता पोषराज न्यौपानेले विधेयकका विभिन्न वुदागत विषयमा संशोधन आवश्यक रहेको भन्दै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
आयोजक संस्थाका अध्यक्ष मन्जीता उपाध्यायले विधेयक परिमार्र्जितगर्न सहजहोस भन्ने उदेश्यले संस्थाले सरोकारवालाहरु संग छmलफल गर्दै आएको वताउनुभयो ।
दफावार छलफलमा रहेको सो विधेयकका विषयमा यस अघि संस्थाले मोरङका संचारकर्मीहरु संग छलफलगर्दै विभिन्न सुझाव समेत संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *