गोग्राहा कलेजमा ‘डाटा व्यवस्थापन तथा विश्लेषण’ तालिम सुरु

कुमोद अधिकारी
१८ वैसाख,
विराटनगर । गोग्राहा कलेज विराटनगरको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सुरु भएको छ । उच्च शिक्षामा गुणस्तरीय सुधार र वैज्ञानिक अध्ययन प्रणालीलाई सशक्त बनाउने उद्देश्यले तालिम सुरु गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा आयोजना गरिएको तीनदिने तालिम बैशाख २० गते शनिबार सम्पन्न हुनेछ ।
कलेज प्रमुख गोविन्द प्रसाद अधिकारीले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित कलेजका प्राध्यापकहरू तालिममा सहभागि भएका बताउनुभयो । झापा, मोरङ, सुनसरी र इलामका विभिन्न कलेजका प्राध्यापक तथा यस क्षेत्रसँग रुचि राख्नेसहित तालिममा ३० जना सहभागि भएका उनले जानकारी दिनुभयो ।
‘प्राध्यापकहरूलाई समयानुकूल ज्ञानमा निखारता ल्याउन र सोध पत्रको निर्देशकको भूमिका सहज रूपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरेका हौँ’, क्याम्पस प्रमुख अधिकारीले भन्नुभयो ‘गतवर्ष अनुसन्धान व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरेकोमा यस वर्ष डाटा व्यवस्थापन तथा विश्लेषण तालिम आयोजना गरेका हौँ ।’

प्रा।डा। पेशल खनाल, सह(प्राध्यापक रमेशबाबु काफ्ले, सह(प्राध्यापक डा। कृष्ण पाण्डे र सह(प्राध्यापक डा। तुलानाथ काफ्लेसहित चार जना प्रशिक्षकले तालिमको सहजीकरण गर्नु भएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक चापागाईंले तथ्याङ्क र डाटाको प्रभावकारी प्रयोगले शिक्षालाई आधुनिकता र परिणाममुखी बनाउने बताउँदै यस्ता तालिमहरू आवश्यक र सान्दर्भिक रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा।डा। मीनराज ढकाल, पूर्वाञ्चल विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा।डा। मेदिनीप्रसाद शर्मा, कोशी प्रदेश योजना आयोग सदस्य डा। प्रमिला गच्छदार, क्याम्पस व्यवस्थापन समिति सदस्य वेदुकुमार खतिवडा, सहायक क्याम्पस प्रमुख लक्ष्मण गौतम, प्राध्यापक दिनेश ढकाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *