सुनसरीमा हावाहुरीले मकै र तरकारी बालीमा क्षति

वैशाख १६ गते । हावाहुरीले सुनसरीमा मकै बालीमा क्षति पुर्‍याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना पानीले मकै लगायत तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ ।

ज्ञानकेद्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार जिल्लाका किसानले लगाएको मकै, तरकारी र केरा खेतिमा क्षति पुगेको छ । उहाँका अनुसार कति क्षति भयो भन्ने विवरण आई सकेको भने छैन । क्षति भएको जानकारी गराउन किसान कार्यालयमा आउने गरेको बताइएको छ ।

हावाहुरीसहितको असिनापानीले जिल्लाको दक्षिणी र उत्तरी क्षेत्रमा बढी क्षति पुर्‍याएको छ । मकै उत्पानका लागि उर्वर भूमि मानिने सुनसरीमा हावाहुरीले क्षति पुर्‍याउदा मकै उत्पादनमा कमी आउने सुनसरी ज्ञानकेन्द्रले जनाएको छ । वराहक्षेत्र नगर कृषि शाखा प्रमुख तुलसा लिम्बूले हावाहुरीले बालीमा पुर्‍याएको क्षति अवलोकन गर्ने क्रम जारी रहेको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *