कुमोद अधिकारी विराटनगर
३ वैसाख,
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनितिक स्थाइत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा वनेको गठवन्धन सरकारले संविधान संशोधन प्रक्रिया चाडै अघि वढाउने गरि काम गरिरहेको वताउनु भएको छ ।
गणेशमान सिंह फाउण्डेशनले विराटनगरमा आज आयोजना गरेको विचार गोष्ठीलाई संवोधन गर्नुहुदै उहाले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नस्कने प्रष्ट पार्दै संविधान संशोधन गरेर अहिले देखिएका सवै समस्या समाधानगर्न सरकार तत्पर रहेको उल्लेख गर्नुभयो । संविधान संशोधन गरेर तिनतहको सरकारलाई थप वलियो वनाउनुपर्नेमा उहाले जोड दिनुभयो ।
अहिले यो भएन वा त्यो भएन भन्ने हरुले लामो समय सत्ता संचालन गर्दापनि जनताको पंक्षमा कामगर्न नसकेको वताउदै उहाले लोकतन्त्रको विकल्पमा कुनैपनि निरङकुस साशन जनतालाई स्वइकार्य नहुने प्रष्ट पार्नुभयो । गणेशमान सिंहको मुल्य मान्यताको राजनितिलाई सवै राजनितिकले दलले आत्मासात गर्नुपर्नेमा उहाले जोढ दिनुभयो । सत्ता केन्द्रित राजनितिभन्दा मुल्य मान्यताको राजनिति अहिले आवश्यक रहेको उहाको भनाई थियो ।
सो अवसरमा वोल्नुहुदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव कोशी प्रदेससभा सदस्य अमृत अर्यालले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको विकल्प नचाहेको प्रष्ट पार्नुयभो । कार्यक्रममा नेकपा एमाले मोरङ अध्यक्ष अजम्वर राईm नेकपा माओवादीको नेता एंव प्रदेस सासंद गणेश उप्रेतीले राजनितिक स्थाइत्वका लासग दलहरु एक जुट हुनुपर्नेमा जोड दिनुभयो । फाउण्डेसनका मोरङ अध्यक्ष फुलकुमार लालवानीको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक योद्धा शान्ता घिमिरे र इन्दुदेवी नौलखालाई सम्मान गरिएको थियो ।

यसैगरि आजै उपप्रधानमन्त्री सिंहले मोरङको क्षेत्र नम्बर पाँचमा आज तीन वटा पक्की पुलको उद्घाटन समेत गर्नुभयो । मोरङको सीमावर्ती जहदा गाउँपालिकामा सहरी विकास मन्त्रालयले निर्माण गरेको तीन वटा पुलको मन्त्री सिंहले उद्घाटन गर्नुभएको हो । कटहरी गाउँपालिका वडा नम्बर दुई र जहदा गाउँपालिका वठा नम्बर चार जोड्ने लोहन्द्रा खोलाको कृपालघाट, जहदा गाउँपालिका सातस्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोला र जहदा दुईस्थित जुडी खोलामा निर्मित पुल उद्घाटन गरिएको हो ।
सो अवसरमा वाल्नुहुदै उपप्रधानमन्त्री सिंहले ग्रामिण क्षेत्रमा निर्माण भएको सडक र पुलले सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउने वताउनुभयो । किसानले उत्पादन गरेको तरकारी लगायतका कृषिजन्य वस्तु बजारसम्म पु¥याउन निमार्ण भएका यस्ता पुल उपयोगी हुने र किसानले अ उत्तपादन गरेको कृषि उपजले सहज वजार पाउने उहाले वताउनुभयो ।

तीन वटै ठाउँमा निर्माण भएको पुलले स्थानीयवासीको दैनिक जीवनमा ठूलो राहत पुगेको जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहले बताउनु भयो । उहाँले यी ठाउँहरुमा पुल नहुँदा १२ औँ महिना सर्वसाधारण समस्या झेल्दै आएको उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव कोशी प्रदेसभा सदस्य अमृत अर्यालले पुल वनेपछी स्थानियलाई आवत जावतमा सहज भएको वताउनुभयो ।
कटहरी गाउँपालिकादेखि –भारतीय सीमासम्मको सडक निर्माण गरी गणेशमान सिंह सडक नामाकारण प्रस्ताव गरेको सडकको नाममा स्थानीयले समर्थन जनाउँदै उपप्रधानमन्त्री सिंहलाई चालु आबमा नै बजेट विनियोजन गरेर सडक निर्माण गरी गणेशमान सिंह सडक नामाकरण गर्न आग्रह गरेका थिए ।