विराटनगर बैशाख ७
नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र प्रति कुनै खतरा नरहेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मी संग कुरा गर्नुहुदै जनधार, जनमतको दिष्टिकोणले पनि नेपालमा गणतन्त्र स्थापित भइसकेको बताउनुभयो ।
गणतन्त्रको पंक्षमा हिजोपनि हामी एक थियौं र आजपनि छौं भन्नुहुदै उहाँले गणतन्त्र खतरामा प¥यो भनेर जुन भाष्य सृजना गर्न खोजिदै छ त्यो गलत भएको उहाँको भनाई थियो । गणतन्त्रप्रति सवै दल सहमत भएकाले अहिले गणतन्त्र खतरामा छ भन्ने भाष्य मात्र सृजना गरिएको हो गणतन्त्रप्रति कुनै खतरा छैन उहाँले भन्नुहभयो ।

एक प्रश्नमा उहाँले पुर्व राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनितिमा आउने कुनै संवैधानिक व्यवधान, बाधा अडचनले रोक्न नसक्ने बताउनुभयो । उहाँले संवैधानिक व्यवस्था र अन्तराष्ट्रिय मुल्य मान्यता अनुसार पनि पुर्व राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनितिमा आउन कुनै व्यवधान नभएको प्रष्ट पार्नुभयो । उहाँले तानाशाहको पक्षमा हुने प्रदर्शन आन्दोलन नभई अपराध रहेको बताउनुभएको छ ।
विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित ढंगले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले ठुला दलप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला विभिन्न निर्वाचनले देखाएको उल्लेख गर्नुभयो । ‘स्ववियु निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट हुन्छ’, उहाँले भन्नुभयो ।
उहाँले राजनीतिक दलमा उपचार आवश्यक रहेको बताउँदै आन्दोलनका बेलामा जस्तो पार्टी फ्रेस नभएको उल्लेख समेत गर्नुभएको छ । अध्यक्ष प्रचण्डले संविधानमा समीक्षा गर्नु आवश्यक र उपयुक्त बेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको पनि बताउनुभएको छ ।