चैत्र १८ विराटनगर
स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदिप पौडेलले, लोकतान्त्रिक गणतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा सोमवार संचारकर्मीसंग कुरा गर्नुहँुदै मन्त्री पौडेलले यो व्यवस्था भित्र वेथिति र केहि समस्याहरु भएपनि त्यसलाई सुधारगर्दै परिस्कृत गर्दै अगाडी बढन सकिने तर यो व्यवस्थाको विकल्प अर्को कुनै व्यवस्था हुन नसक्ने प्रष्ट पार्नुभयो ।
नागरिकले स्वतन्त्रता , नागरिक अधिकार तथा आफुल चाहेको जनप्रतिनिधि राज्य संचालनका लागि पठाउन चाहने हो भने यो व्यवस्थाको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने कुरालाई आम नागरिकले वुझन सक्नुपर्ने उहाँको भनाई थियो । उहाँले लोकतान्त्रिण गणतान्त्रिक व्यवस्थमा अहिले केहि समस्या होलान त्यसलाई सुधार गर्दै अघि बढनुपर्नेमा जोड दिदै तर यो व्यवस्थको विकल्प खोज्ने कुरा जनताको अहित र नागरिक स्वतन्त्रताको विरुद्धमा हुने प्रष्ट पार्नुभयो । मन्त्री पौडेलले कुनैपनि विचार जगमा उभिन्छ भने त्यस्तो विचारलाई परास्त गर्नु निषेध गर्नु आवश्यक रहेको बताउनुभयो ।
एक प्रश्नमा उहाले स्वास्थ्य विमालाई व्यवस्थितगर्दै यस्को दायित्व पुरागर्न नागरिकको योगदानमा आधारित एकिकृत प्रणालीको विकास गर्नु आवश्यक रहेको उहाँको भनाई थियो ।
मन्त्री पौडेलले आफुले स्वास्थ्य विमा हटाउने तथा विस्थापित गर्ने कुरा कहिले नगरेको भन्नुहुदै विमाको मोडालिटिमा परिवर्तन गरेर हरेक नागरिकलाई विमामा योगदान गर्ने गरि राज्यले निति वनाउनेपर्ने कुरामा आफुले जोड दिएको बताउनुभयो ।