संविधानवाटै सवै समस्याको समाधान खोज्नुपर्छ, नेता कोइराला

कुमोद अधिकारी विराटनगर
२१ चैत, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको संविधान भित्र रहेर सवै समस्याको समाधान खोज्नुपर्ने वताउनु भएको छ ।
मोरङको वुढिगंगा गाउपालिका–१ मा निमार्ण गर्न लागिएको वुढिगंगा पार्कको आज शिलान्यास गर्नुहुदै उहाले संविधान भित्र रहेर शान्तीपुर्ण आन्दोलनगर्ने अधिकार सवैलाई रहेको चर्चा गनुृहुदै कुनै प्रकारको हिंसा आतङ, तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वइकार्य नहुने प्रष्ट पार्नुभयो ।
नेता कोइरालाले गत सुक्रवार काठमाण्डौमा भएको घटनाको निष्पच्छ छानविन गर्नुपर्नेमा समेत जोड दिनुभयो । नेपाली जनतालाई विश्वास दिलाउन छानविन समिति वनाएर सो घटनाको जाति सक्दो चाडो सरकारले छानविन गर्नुपर्ने उहाको भनाई थियो ।


उहाले यो व्यवस्थालाई वलियो र दिगो वनाउन राजनितिक दलहरु पनि सुध्रनु जरुरी रहेको वनाउनुभयो । उहाले अहिलेको अवस्थामा राजनितिक दलहरुले आफुलाई सुर्धादै जनताका मन जित्न सक्नुपर्नेमा जोड दिनुभयो । अ
नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुलादल मिलेर सरकार निमार्ण गर्दा संविधान संशोधन, आर्थिक विकास, सुशासन तथा रोजगारी सृजना गर्ने कुरा गरेपनि त्यसो हुन नसेको वताउनुभयो । जति सक्दो चाडो आफुले गरेको प्रतिवद्धता पुरागर्नेतर्फ दलहरुको ध्यान जानुपर्ने उहाको भनाई थियो ।
उहाले नेपालमा कृषि, जलविद्युत, जडिवुटि तथा पर्यटनको प्रसस्त संभावना रहेकाले त्यस्को उचित सदुपयोग गरेर युवाहरुलाई स्वरोजगार वनाउदै नेपाल नेपाली जनतालाई सुखी र समवृद्ध वनाउन सकिने वताउनुभयो ।
वुढगंगामा निमार्ण हुन लागेको पार्कलाई पर्यटनसंग जोडन सके यसक्षेत्रमा वसोवासगर्ने समुदायहरुलको आथिृक उन्नतीमा सहयोग पुग्ने उहाको भनाई थियो ।


सो गाउपालिकाका अध्यक्ष जितनारायण थापा मगरले यसक्षेत्रलाई पर्यटकिय स्थलको रुपमा विकासगर्न पार्क निमार्ण गर्न लागिएको वताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य विरेन्द्रकुमार माझी, कोशी प्रदोस योजना आयोगका सदस्य डा प्रमिला गच्छदार सो पालिकाका उपाध्यक्ष अमृताकुमारी गन्छदार तथा पुर्व अध्यक्ष वालचन्द माझीले यो पार्क नमुना पार्कको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।


सिगिया खोलाको किनारमा रहेको नदी उकास जग्गामा २१ करोड रुपैयाको लागतमा पार्क निमार्ण गर्न लागेको पालिका अध्यक्ष जितनारायण थापा मगरले वताउनुभयो । चार विघा जग्गामा तिनवर्षमा निमार्ण हुने सो पार्क निमार्णका लागी पालिकाले पहिले चरणमा डेढ करोड रकम विनियोजन गर्दै काम शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *