कुमोद अधिकारी
२६ माघ,
चेतना संरक्षण प्रतिष्ठान विराटनगरले नेपाल साहित्य, संस्कृति, कला, पत्रकारिता लगायत आधा दर्जन विधाका पुरस्कार प्रदान गरेको छ।
प्रतिष्ठानको २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष गंगा सुवेदी ,पुरस्कारका सस्थापक दिनबन्धु गोयल तथा प्राडा बाबुराम तिमिसिनाले सयुक्त रुपमा ५१ ह्जार राशीको सो पुरस्कार उप–सभामुख राना मगरलाई प्रदान गर्नु भएको थियो ।
यसैगरी धर्मानन्द रामप्यारी सिटौला एक लाख ५१ ह्जार राशिको साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई लाई प्रदान गरिएको छ ।
त्यसैगरि ५१ ह्जार राशी सहित बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ), तथा ५१ हजार राशिकै नरेश सुवेदी पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), तथा ५१ ह्जार राशीकै भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौं), डा. नरेन्द्र÷योगमाया÷भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ÷मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको छ ।
यसैगरी एक लाख एकहजार राशीकोजगतबन्धु÷श्रीमती अन्जु काकी चेतना पुरस्कार सोमराज कट्टेललाई प्रदान गरिएको छ।
उक्त पुरस्कारहरु प्राडा बाबुराम तिमिसिना, प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी लगायतले प्रदान गर्नु भएको थियो ।
सो अवसरमा उपसभामुख मगरले पुरस्कारको रकम झापाका युवाहरुलाई स्वरोजगार सञ्चालनका लागि प्रदान गर्ने बताउनु भयो ।
उहाँले असहाय बालबालिकाको सेवा एवं संरक्षणले मुलुकमा परिवर्तन ल्याउनुका साथै समृद्धि कायम गर्न सकिने विचार राख्नु भयो ।
प्रतिष्ठानका अध्यक्ष सुवेदी,प्राडा. तिमिसिना , उद्योगी दिनबन्धु गोयल लगायतले यस प्रकारकाको पुरस्कार वितरणले समाजमा साहित्य,कला संस्कृति संरक्षणमा सहयोग पुग्ने वताउनुभयो ।