नेपाली कांग्रेस र नेकपा एमालेको विचको गठवन्धन थप वलियो वनाउनु आवश्यक , नेता कोइराला

कुमोद अधिकारी विराटनगर
३१ साउन,
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको विचको गठवन्धनलाई थप वलियो वनाउदै लैजानुपर्ने वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्नु हुदै उहाले राजनिति स्थाइत्व कायमगर्न गठवन्धन वनेको र गठवन्धनमा साना तिना कुरा आउदैमा यसमा निराश हुनुपर्ने आवश्यकता नभएको प्रष्ट पार्नुभयो ।
एकवर्ष अघि देखि आफुले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अघि वढनु पर्छ भनेर आफुले भन्दै आएको र सो अनुसार वनेको गठवन्धन फेरी भत्काउने भन्ने कुरा सोच्न नसकिने उहाको भनाई थियो ।
सरकार गठन भएको एक महिनाको अवधिका सरकारको विषयमा टिका टिप्पणी गर्नुपर्ने अवस्था आहिले सम्म आफुले नदेखेको उहाले वताउनुभयो ।
उहाले सिक्षा, स्वास्थ्य तथा विकास निमार्ण लगायत हरेक क्षेत्रमा आम जनतालाई खुशी वनाउनेगरि सरकारले कामगर्नुपर्नेमा जोड दिनुभयो ।
एक प्रश्नमा उहाले मुलुकमा राजनितिक स्थाइत्वका लागि संविधानमा सुधार आवश्यक रहेको वताउनुभयो । नेपालको संविधानमा उल्लेख भए अनुसार सवै जातजातीको प्रतिनिधित्वलाई नघटाएर उनिहरुको सहभागिता शुनिश्चित हुनेगरि समानुपाति निर्वाचन प्रणालीमा सुधारगर्दै जानुपर्नेमा उहाले वताउनुभयो ।
उहाले आगामी एक हप्ता भित्र कोशी प्रदेस सरकारमा नेपाली कांग्रेस सहभागी हुने समेत वताउनुभयो । नेता कोइरालाले यस विषयमा पार्टी सभापति र प्रधानमन्त्री विच छलफल चलिरहेकाले कोशी प्रदेस सरकारमा चाडै कांग्रेस सहभागि हुने प्रष्ट पार्नुभयो ।
एक अर्को प्रश्नमा उहाले नेपाली कांग्रेसको १५ महाधिवेशमा समयमा हुनुपर्ने वताउनुभयो । नेता कोइरालाले १४ महाधिवेशनमा पार्टी सभापति पद्धमा उमेदवारी दिएको र त्यसमा आफु सफल नभएकाले १५ महाधिवेशमा पार्टी सभापतिपद्धका लागि आफुले उमेदवारी दिने कुरा स्वाभिकै भएको वताउनुभयो । त्यस्का लागि आफुले विभिन्न जिल्लामा गएर पार्टीका नेता तथा कार्यकर्ताको चाहना वुझिरहेको उहाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *