कुमोद अधिकारी
२७ असार विराटनगर
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनिय वनाउन संचारकर्मीले सही सूचना सम्पेषण गर्नुपर्ने बताउनु भएको छ ।
सञ्चारकर्मीकर्मी सञ्चार सहकारी संस्थाका तेहौं स्थापना दिवसको अवसरमा विराटनगरमा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले सञ्चारकर्मीले दलगत भावनाबाट माथी उठेर राष्ट्र र समाजको हितमा कलम चलाउनुपर्ने वताउनुभयो ।
सञ्चारकर्मीहरुले मुलुकको लोकतन्त्र स्थापना र मुलुकका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले संघियता कार्यान्वयनमा उहाले जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार पत्रकारीत क्षेत्रको विकासमा प्रतिवद रहेको वताउदै प्रत्येक वर्ष प्रदेस सरकारले पत्रकारलाई सम्मान गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने वताउनुभयो ।
पत्रकारहरुदार संचालित सहकारी संस्थाले पत्रकारहरुको क्षमता अभिवद्धि र होसला प्रदानगर्न स्थापना गरेको पत्रकारीता पुरस्कारले पत्रकारलाई आगामी दिनमा कामगर्ने थप प्रेरणा मिल्ने उहाको भनाई थियो ।
सो अवसरमा मोरङ जिल्लालाई कार्यक्षेत्र वनाएर काम गर्नुहुने उत्कृष्ठ चारजना पत्रकारलाई नगद सहित सम्मान गरिएको थियो ।

त्यस अवसरमा ५१ ह्जार राशीको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कारवाट उद्धघोष दैनिकका सम्पादक मोहन प्रसाद भण्डारी , ५० हजार राशीको ओमप्रकाश गोयल आर्थिक पुरस्कार कान्तपुर टेलिभिजनका विराटनगर संवाददाता सुशिला पाठक, २१ हजार राशीको मेम्वर चन्द्रलाल–लाल दुर्गादेवी श्रमजीवी पुरस्कार मकालु टेलिभिजनका वरिष्ठ संवाददाता नवीन कर्ण तथा १० हजार राशीको मीनादेवी श्रेष्ठ (रासस) श्रमजीवी पुरस्कार उद्धघोष दौनिकका जुनु भट्टराईलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा पुरस्कार संरक्षक एंव समाजसेवी दिनबन्धु गोयलले आफ्नो आम्दानीको ९० प्रतिशत समाजसेवामा खर्च गर्ने गरेको जानकारी दिनु भयो ।
सहकारी संस्थाका अध्यक्ष दिपक दाहाल, प्रदेश सहकारी संस्थाका रजिष्ट्रार हरिबहादुर खत्री र सम्मानित व्यक्तित्व भण्डारीले आफुहरुले पाएको सम्मानले थप प्रेरणा मिलेको वताउनुभयो ।