भोजराज घिमिरे
२५ असार,
मोरङ चेम्बर अफ कमर्सको आयोजनामा बिराटनगरमा शुभकामना तथा स्वागत सम्मानको कार्यक्रम सम्पन्न भएको छ । मोरङ चेम्बरका अध्यक्ष यादब पोखरेलको सभापतित्व कार्यक्रम सम्पन्न भएको हो ।
कोशि प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष शुरेसमान श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सहभागि उधोगी व्यवसायीहरुले कर निति सहज र सरल हुनुपर्नेमा जोड दिनुभयो ।
पटक पटक फेरिने कर नितिका कारण उधोग व्यवसाय संचालनमा समस्या पर्ने गरेकाले कर निति सहज र सरल व्यवहारिक हुनुपर्ने उहाहरुको भनाई थियो ।
कार्यक्रममा उधोगि व्यावसायिक समाजसेवी फूलकुमार लालबानी,औद्योगिक सल्लाहकार कृषि विज्ञ सुमन भगत र पत्रकार भोजराज घिमिरेलाई संस्थाको सल्लाहाकरमा मनोनयन गरिएको जानकारी गराइएको थियो ।
नेपाल चेम्बर अफ कमर्सका कोशि प्रदेश अध्यक्ष शुरेसमान श्रेष्ठले मुलुकको सवैभन्दा पुरानो यो संस्था अहिले ७ वटैप्रदेशमा बिस्तार भएको वताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय बिराटनगरका प्रमुख भुपालराज शाक्यले चाडैनै संघ , सस्था , ब्यापारी संग समन्वय र हातेमालो गर्दे नयाँ कर निति बारे कर शिक्षा कार्यक्रम संचालन गरिने बिश्वास दिलाउनु भयो । निजिक्षेत्रको विकासमा उधोग व्यवसायीहरुको समन्वय र सहकार्य गर्दै आफु अघि वढने उहाको भनाई थियो ।
मोरङ चेम्बरका अध्यक्ष यादव पोखरेलले आन्तरिक राजस्व कार्यलयले ब्यापारी ,संघ, सस्थ सग हातेमालो गर्दै करमुलक शिक्षा कार्यक्रम संचालन गर्न् पनेमा जोड दिनुभयो । मुलुकको आर्थिक विकासका लागि निजिक्षेत्रको विकास आवश्यक रहेको उहाको भनाई थियो ।
कार्यक्रममा शिब प्रसाद रिजलले उधोगी व्यवसायीको समस्या प्रति राज्यपंक्ष गंभिर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा संस्थाका कोषाध्यक्ष मनोज कुमार मिश्र , सचिब हरिबादुर श्रेष्ठ , सदस्य घनश्याम कावरा ,जुगल किसोर राठि , सिता देबि अधिकारी लामिछाने तथा महासचिब कृष्णप्रसाद दाहालले संस्थाको महत्व माथी प्रकास पार्नु भएको थियो ।