श्री आधारभुत विद्यालयको संयोजनमा अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न

कुमोद अधिकारी विराटनगर
९ असार,
मोरङको कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालय सहित ११ वटा विद्यालय सहभागी भएका थिए । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराएर प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १२ सम्म दुई समुहमा विभाजनगरि प्रतिस्पर्धा गराईएको थियो । विद्यार्थीहरुलाई नृत्य र गायन विधामा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ गायन विधामा श्री आधारभुत विद्यालयकी छात्रा गायत्री मगर प्रथम,सोहि विद्यालयकी बिना कुमारी उराव दोश्रो र प्रजातन्त्र माध्यमिक विद्यालयकी बालसरी उराव तेश्रो भएकी छिन ।
यस्तै कक्षा ६ देखी १० सम्म नृत्य तर्फ भगवती आधारभुत विद्यालय प्रथम,श्री आधारभुत विद्यालय दोश्रो र जनता माध्यमिक विद्यालय तेश्रो भएका छन । संस्थागत विद्यालय नृत्यतर्फ ध्रुवतारा बोर्डिङ प्रथम,क्रिम्शन नेश्नल पब्लिक स्कुल दोश्रो र राष्ट्रिय आदर्श विद्या मन्दिर तेश्रो भएको छ ।
विजयीहरुलाई कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बलबहादुर बस्नेतले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगिताका विजयी प्रथम,दोश्रो र तेश्रोलाई क्रमश २ हजार पाँच सय,२ हजार र एक हजार पाँच सय मूल्य बराबरको शैक्षिक सामाग्री,मेडल र प्रमाणपत्र प्रदान गरिएको श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो । सो गाउपालिकाले अतिरिक्त क्रियाक्लाप अन्र्तगत वार्षिक रुपमा विद्यालय स्तरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको प्रधानाध्यापक वस्नेतले जानकारी गराउनुभयो ।
विद्यालयले विद्र्याथीहरुलाई लंक्षितगर्दै खेलकुद लगायत विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको छ । विपन्न तथा दलित समुदायका विद्र्याथी अध्यनरत सो विद्यालयले सैक्षिक सुधारका लागि समेत विभिन्न कार्यगदै आएको सो अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *