कटहरी गाउपालिकाको आगामी आर्थिक वर्षको वजेट सार्वजनिक, सिक्षा, स्वास्थ्य पुर्वाधार संगै कृषि उत्तपादनमा जोड

कुमोद अधिकारी विराटनगर
६ असार,
मोरङको कटहरी गाउपालिका आगामी आर्थिकवर्षको आयव्यय वजेट तथा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाको दोश्रो गाउसभाको पाचौ अधिवेशनमा आज वजेट तथा नीतितथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
आर्थिकवर्ष २०८१–०८२ का लागि सो पालिकाले ५० करोड ८२ हजार रुपैया वरावरको आयव्यय वजेट सार्वजनिक गरेको छ । प्रस्तुत वजेटमा प्रसासनिक तथा संचालन खर्च ११ करोड ६८ लाख ८४ हजार कार्यक्रम तथा योजना खर्च ३८ करोड ३१ लख ९८ हजार रुपैया विनियोजन गरिएको छ । अधिवेशनको उद्घाटन कोशी प्रदेसको भौतिक पुर्वाधार विकासमन्त्री गणेश प्रसाद उप्रेतीले गर्नु भएको थियो ।
गाउपालिकाका अध्यक्ष देवराज चौधरीले आगामी वर्षका वार्षिक नीतितथा कार्यक्रम प्रस्तुत गर्नुहुदै कटहरी गाउपालिका कृषिमा आधारित पालिका भएकाले नीति तथा कार्यक्रमा कृषिक्षेत्रलाई महत्व दिएको वताउनुभयो ।
उहाले आगामी आर्थिकवर्षमा दुईहजार हेक्टर जग्गामा थप सिचाई सुविधा पु¥याउने लक्ष्य सहित विभिन्न वर्डाहरुमा डिप टुवेल तथा मटर जडान कार्य भइहेको वताउनुभयो ।


कृषिलाई कटहरीको आकार्षण, कृषिमा आधारित पर्यटन भन्ने दिर्घकालिन सोचलाई सार्थक वनाउन कृषिमा आधुनिकीकरण तथा यान्त्रिकरणमा सहित उत्तपादन वृद्धिमा पालिकाले जोड दिएको छ ।
कृषि उत्तपादन वढाउन व्यवसायिक तुलसी खेतीको शुरुआत, तोरी पकेट विस्तार कार्यक्रम, शतप्रतिशत अनुदानमा धानको विउ, तरकारी मिनीकिट तथा च्याउ स्पान वितरण, ५० प्रतिशत अनुदानमा हाइव्रिड मकै तथा गहुको विउ वितरण, घुम्ति स्थलगत तालिम तथा माटो परिक्षण लगायतका कार्यक्रम पालिकाले संचालनगर्दै आएको छ ।
गाउपालिका अध्यक्ष चौधरी कृषि क्षेत्र संगै उधोग , पुर्वाधारी शिक्षा, स्वास्थ्य, पशु व्यवसाय तथा सुशासन, छिटो छरितो पारदर्शी सेवाप्रभालाई नीतितथा कार्यक्रमले जोड दिएको वताउनुभयो ।
यसैगरि कटहरी गाउपालिकालाई उत्कृष्ट र नमुना गाउपालिकाको रुपमा विकास गर्दै भुमिहिन सुकुम्वासीहरुको वैज्ञानिक व्यवस्थापन, स्वच्छ, सफा र सुन्दर गाउपालिकाको पहिचान कायम राख्दै योजनावद्ध शहरीकरण तथा वस्ती विकासलाई समेत नितितथा कार्यक्रमले जाृड दिएको अध्यक्ष चौधरीको भनाई छ ।
आगामी आर्थीकवर्षको आयव्यय वजेट प्रस्तुत गर्नुहुदै पालिका उपाध्यक्ष सीतादवी राजवंशीले सिमित साधन श्रोतका वावुजुद पालिकाले कटहरीवासीको चाहनालाई संवोधन हुनेगरि योजना तथा कार्यक्रम छनौट गरेको वताउनुभयो ।


उद्घाटन कार्यक्रममा वोल्नुहुदै मन्त्री उप्रेतीले जनताको शक्ति स्थानिय सरकार हो भन्नुहुदै गाउपालिकाले जनचाहनाका विषयलाई वजेटमा संवोधन गरेकाले अव यस्को सहि कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । स्थानिय सरकार जस्तै प्रदेस र संंघिय सरकारलाई स्थाइत्व कायमगर्न दलहरु लाग्नुपर्ने उहाको भनाई थियो ।
कार्यक्रमा पुर्वमन्त्री जिवन घिमिरेले संघियता वलियो वनाउन स्तानिय सरकारले जनताको मन जित्नेगरि कामगर्नुपर्ने वताउनुभयो । प्रदेससभाका पुर्व सदस्य विद्यानन्द चौधरी तथा विजय विश्वासले वजेट कार्यान्वयमा जोड दिनुभयो ।
सो अवसरमा पालिकाका उत्कृष्ट कामगर्ने कर्मचारीलाई नगद सहित कदरपत्र द्धारा सम्मान गरिएको थियो । गतवर्ष सो पालिकाले ५५ करोड ४९ लाख ८१ ह्जार रुर्पया वरकावरका वजेट ल्याएको थियो । यसपाली समानिकरण र राजश्व वाडफाड कम भएकाले वजेटको आकार केहि घटेको पालिकाका प्रमुख प्रसासकिय अधिकृत मनोजकुमार साहले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *