कुमोद अधिकारी विराटनगर
५ असार,
समाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग तथा समृद्धि नेपाल विराटनगरको प्राविधिक सहयोगमा संचालित डल कुसन वनाउने तालिम सम्पन्न भएको छ ।
महिलालाई स्वरोजगार र आत्मनिर्भर वनाउने उदेश्यले विराटनगर महानगरपालिका वार्ड–८ मा संचालित तालिम आज सम्पन्न भएको हो ।
१० दिनसम्म संचालनमा आएको तालिममा महिलाहरुलाई सहभागि वनाएर डल कुसन वनाउने विषयमा प्रशिक्षकहरुले तालिम दिनु भएको थियो । तालिमा १० जना महिला सहभागी रहेको समृद्धि नेपाल विराटनगर सचिव सृजना राउत खडकाले वताउनुभयो ।

समापन कार्यक्रममा वोल्नुहुदै सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महासाखा प्रमुख दुर्गा वरालले तालिमवाट प्राप्त ज्ञान र सिपलाई सहिरुपमा सदुपयोगगर्न आग्रह गर्नुभयो । तालिममा आफुले पाएको प्रमाणपत्रको सहि सदुपयोग गरेर विभिन्न व्यवसाय संचालनगर्न महिलाहरुलाई उहाले आग्रह गर्नुभयो ।
महिलाहरु सक्षम वनाउन मन्त्रालयले विभिन्न तालिमका आयोजना गरेपनि त्यस्को प्रतिफल आउन नसकेको भन्नुहुदै उहाले तालिममा सहभागी सवै महिला सक्षम रहेकाले यस्को सहि उपयोग हुनेमा आफु ढुक्क रहेका वताउनुभयो ।
संस्थाकी अध्यक्ष माया ओझाले महिलाहरुमा केहि गरेर देखाउने क्षमता भएकाले तालिममा प्राप्त सिप र ज्ञानको सहि सदुपयोग हुने वताउनुभयो । निस्वार्थ भावनाले आफनो संस्थाले समाजिक कार्यगर्दै आएको ल्लेखगदै उहाले आगामी दिनमा महिलालाई सक्षम र सवल वनाउन मन्त्रालयले कामगर्न सक्ने संस्थालाई सहभागि वनाएर महिला लंक्षित तालिमको आयोजना गर्दै जानुपर्ने वताउनुभयो ।

विराटनगरका समाजसेवी गणेशप्रसाद पोखरेलले,आफुले सिकेको सिप र ज्ञानको सहि अर्थमा प्रयोग हुन सके आगामी दिनमा अरुलाई पनि यसवाट अघि वढने प्रेरणा मिल्ने वताउनुभयो ।
गैर सरकारी संस्था मोरङका कोषाध्यक्ष रामचन्द्र गौतम तथा जेष्ठ नागरिक संघ विराटनगर–८ का अध्यक्ष रामकृष्ण राजविष्टले व्यवसाय संचालनका लागि तालिम लिएका महिलालाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा सहभागिलाइ प्रमाणपत्र वितरण गरिएको थियो ।
सहभागी हरुलाई प्रशिक्षक पुजा साहले तालिम दिनु भएको थियो । विराटनगर–८ मा संचालनमा आएको सो सस्थाले आत्मनिर्भर र स्वरोजगार वनाउन तालिम तथा विभिन्न अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आएको सचिव सृजना राउतले वताउनुभयो ।
