कुमोद अधिकारी विराटनगर
२५ चैत, विराटनगर
सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा आयोजना हुन लागेको वाह्रवर्से पिण्डेश्वर पुर्ण महाकुम्भ मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
महाकुम्भ मेला आयोजक समितिका अनुसार कोशी किनार स्थित चतराधाममा यहि चैत–२७ गते देखि वैसाख– २८ गतेसम्म एक महिना सम्म महाकुम्भ मेला आयोजना हुदैछ ।
भक्तजनका लागि मेलामा आवास गृह , स्नानगृह, यज्ञ मण्डल तथा ठुलाठुला पण्डालहरुको निमार्णका साथै सडक, विजली वत्ती तथा खानेपानी जडानको काम सम्पन्न भएको छ ।
भक्तजनहरुको सहजताका लागि आवासको व्यवस्था निशुल्क भोजनको व्यवस्थ ,पाच स्थानमा सवारी पार्किङको व्यवस्था ,मेलामा सहभागी भक्तजन विरामी परेमा चिकित्सक सहितको स्वास्थ्य केन्द्रको स्थापना साथै एम्वुलेन्स समेत व्यवस्था मिलाइएको छ ।

मेला अवधिभर दुइवटा एम्वुलेन्स र एउटा दमकल तयारी अवस्थाामा राखिनेगरि व्यवस्था मिलाइएको महाकुम्भ मेला मुल आयोजक समितिका सह–अध्यक्ष एंव वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेस कार्कीले वताउनुभयो । मेलामा दुई हजार वढि सुरक्षा कर्मी परिचान हुने समितिले जनाएको छ ।
महाकुम्भको मेला अवधिभर दुई करोभन्दा वढि भक्तजनको सहभागिता रहेने आयोजकको दावी छ । मेलामा नेपाल, भारत साथै भुटान, अमेरिका , अष्ट्रेलिया, क्यानडा तथा नेर्वे लगयतका मुलुकवाट समेत भक्तजनहरुको सहभागिता रहने छ । विगतको भन्दा यसपटक भक्तजनको वढि सहभागिता हुने भएकाले सोही अनुसार आवासगृह तथा घरटहराको निमार्ण गरिएको उहाले वताउनुभयो ।
महाकुम्भ मेलाको चैत–२७ गने राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।
प्रतेक दिन विभिन्न धार्मिक कार्यक्रम सहित आयोजना हुने महाकुम्भ प्रधानमन्त्री,उप–राष्ट्रपति प्रधानन्यायधिश, पुर्व राष्ट्रपति, पुर्व प्रधानमन्त्री, विभिन्न राजनितिदलका सभापति, मुख्यमन्त्री, प्रदेस प्रमुख संघिय सरकारका मन्त्री, जनप्रतिनिधि सर्वसाधारण लगायत भारतका विभिन्न पिठाधिशका जगत गुरु तथा सन्त महात्माहरुको सहभागि हुने जनाइएको छ ।

२०५९ सालदेखि सो ठाउमा महाकुम्भ लाग्दै आएको छ । प्राचिन हरिद्धारको रुपमा चिनिएको चतराधाममा लाग्ने महाकुम्भमा हिन्दुमात्र नभएर सवै धर्म सस्कृति मान्ने समुदायका मानिसहरुको सहभागिता हुने भएकाले यसको आफनै महत्व रहेको महाकुम्भ मेला आयोजक समितिको अध्यक्ष एंव जगत गूरु वालसन्त महाराज देवाचार्यको भनाई छ ।
उहाले यो महाकुम्भ नेपाल र नेपालीको सम्पती भएकाले यसलाई सफल वानाउन सवै लाग्नुपर्ने उहाले वताउनुभयो । आफनै पहलमा गठन गरिएको समितिले संघ, प्रदेस तथा स्थानिय सरकारको सहयोगमा महाकुम्भ मेला लगाउदै आएकोमा अव महाकुम्भ आयोजनाको जिम्मेवारी सरकारले लिनुपर्ने उहाकोको भनाई छ ।

महाकुम्भमा सहभागी हुन अमिरिका तथा अष्ट्रेलियावाट सन्त महात्मा तथा भक्तजनको टोली तिन दिन अघि चतराधाम आई सकेका छन । विश्वकै पाचौ कुम्भको रुपमा अन्तराष्ट्रिय जगतमानै यो महाकुम्भ स्थापित भइसकेको छ ।