चौधरी फाउण्डेशनद्धारा आगलागी पिडीतलाई राहत प्रदान

कुमोद अधिकारी विराटनगर
२४ चैत,
चौधरी फाउण्डेशनले मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल वस्तीका आगलागी पिडीतहरुलाई ५० हजार बरावरको खाद्यन्न लगायत स्टेशनरीका सामग्री हस्तान्त्ररण गरेको छ ।
रंगेली–३ स्थित सन्थाल वस्तीमा पुगेर चौधरी फाउण्डेशनले आगलागी पिडीत बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्नका सामग्री र स्टेशनरीका सामग्री हस्तान्तरण गरेको हो ।
सो टोलमा २३ वटा घरमा २८ जना परिवार वस्दै आएका थिए । गत चेत्र ३ गते शनिबार दिउँसो अढाई बजेतिर सुरु भएको आगलागीले सो टोलका घर जलेर नष्ट भएको थियो ।
टोलमा सन्थाल समूदायका बाक्ला घर थिए । पश्चिमबाट हावा पनि लागिरहेकोले आगो समयमा नियन्त्रण गर्न नसकेको कारण वस्ती नै सखाप भएको स्थानीयहरुले जनाएका छन् ।
मानवीय सेवा गर्ने उद्ेश्यले चौधरी फाउण्डेशनले मोरङले बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्न तथा स्टेशनरीका सामग्री उपलब्ध गराएको चौधरी फाउण्डेशन कोशी प्रदेशका प्रमुख रबिन्द्र मास्केले बताउनुभयो ।


अन्य मनकारीहरुलाई पनि मानवीय सेवाका भावले सहयोग जुटाउन उहाँले आग्रहगर्नुभयो । संस्थाले विगतका दिनहरुमा पनि जाडो समयमा अति विपन्नहरुको पहिचान गरेर न्यानो कपडा र राहत स्वरुप खाद्यान्न उपलब्ध गराउँदै आइरहेको उहाँले बताउनुभयो।
कार्यक्रममा चौधरी ग्रुपका प्रमुख मीलन राना, एरिया सेल्स म्यानेजर राजकुमार श्रेष्ठ, र रंगेली नगरापालिका वडा नंः ३ का वडाअध्यक्ष भरत प्रसाई लगायतले खाद्यान्नका सामग्री वितरण गर्नुभएको थियो ।
आगलागीबाट २ करोड ५ लाख, ६७ हजार रुपैयाँ बाराबरको क्षतिभएको थियो । सो क्रममा पिडित परिवारले राहत पाएकोमा खुशी व्यक्तगर्दै आवास निमार्णका लागि सहयोग पु¥याउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *